श्रावण ४, २०८२ आइतबार July 20, 2025

टेलिकमको ‘नमस्ते वाई-फाई’ सेवा सुरु, साढे ७ हजारमा अनलिमिटेड डेटा र भ्वाइस सेवा पाइने

कम्पनीले उपलब्ध गराउने राउटर खरिद गरी ग्राहकले यो इन्टरनेट प्रयोग गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले ‘नमस्ते वाई-फाई’ सेवा सुरु गरेको छ । फाइबर इन्टरनेट सेवा नपुगेका ठाउँमा गुणस्तरीय वायरलेस इन्टरनेट सेवा दिने उद्देश्यसहित कम्पनीले यस्ताे सेवा ल्याएको हो ।

यो इन्टरनेट जडान गर्न प्रयोगकर्ताको रहेको ठाउँमा फोरजी नेटवर्क चल्ने हुनुपर्छ । त्यसपछि इन्टरनेटको तार नजोडेरै वाई-फाई सेवा लिन सकिन्छ ।
“फाइबर इन्टरनेट नपुगेको वा फाइबर इन्टरनेट लिन सम्भव नहुने ठाउँलाई लक्षित गरी यस्तो सेवा ल्याइएकाे हाे,” टेलिकमका प्रवक्ता शाेभन अधिकारीले भने ।

उनका अनुसार कम्पनीले उपलब्ध गराउने राउटर खरिद गरी ग्राहकले यो इन्टरनेट प्रयोग गर्न सक्नेछन् । राउटरमा सिम राखेपछि त्यसलाई पावरमा जोड्नुपर्‍यो, जसमा एक घण्टा बढीको ब्याट्री ब्याकअप पनि छ ।

फोरजी इन्टरनेट सपोर्ट गर्ने नेपाल टेलिकमको नमस्ते वाई-फाईमा डुअल ब्यान्ड भएको राउटर पाउन सकिन्छ, जसले गर्दा प्रयोगकर्ताले राम्रै स्पिडको इन्टरनेट कनेक्सन अनुभव गर्न पाउने कम्पनीले बताएको छ ।

यो सेवा औपचारिक रूपमा बुधबारदेखि सुरु गरेको भएपनि देशका सबै भागमा पुगिसकेको भने छैन । ग्राहकले नजिकको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गरेर वाई-फाई भए/नभएको जानकारी लिन सक्नुहुन्छ ।

कम्पनीले ‘नमस्ते वाई-फाई’मा अनलिमिटेड डेटा र डेटा विथ भ्वाइस प्याकेजहरू उपलब्ध गराएको छ ।

अनलिमिटेड डेटा वन्ली 

‘अनलिमिटेड डेटा वन्ली प्लान’ अन्तर्गत अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम प्लान रहेका छन् । अनलिमिटेड बेसिक प्लान प्रयाेग गर्न चाहने ग्राहकका लागि  राउटरसहितक छ महिनाकाे शुल्क पाँच हजार ९९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ भने वार्षिक प्याकेज खरिद गर्न १० हजार ४९९ रुपैयाँ लाग्छ ।

यति रकम खर्च गरिसकेपछि दैनिक ५ एमबीपीएस स्पिडका दरले १० जीबीसम्मकाे इन्टरनेट प्रयोग गर्न सकिन्छ । त्यसपछि भने १.५ एमबीपीएस स्पिडका दरले इन्टरनेट चल्नेछ ।

‘अनलिमिटेड बेसिक’ प्लान छ महिनाका लागि नवीकरण गर्न चार हजार ९९९ रुपैयाँ र वार्षिक प्याकेजका लागि नौ हजार ४९९ रुपैयाँ तिर्नुपर्छ ।

यसैगरी ‘अनलिमिटेड प्रिमियम’ प्लान अन्तर्गत आठ हजार ९९९ रुपैयाँ तिरेर छ महिनाको प्याकेज सहितको राउटर खरिद गर्न सकिनेछ ।

त्यस्तै अनलिमिटेड प्रिमियम अन्तर्गत एक वर्षको प्याकेज खरिद गर्न १६ हजार ४९९ रुपैयाँ लाग्ने कम्पनीको भनाइ छ । छ महिनाका लागि यो सेवा नवीकरण गर्न सात हजार ९९९ रुपैयाँ लाग्नेछ भने एक वर्षका लागि नवीकरण गर्न १५ हजार ४९९ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

यति खर्च गरेपछि १० एमबीपीएस गतिमा दैनिक १५ जीबीसम्म इन्टरनेट प्रयोग गर्न सकिन्छ । १५ जीबी सकिएपछि बाँकी इन्टरनेट २ एमबीपीएसकाे स्पिडमा चल्नेछ ।

अनलिमिटेड डेटा विथ भ्वाइस

त्यस्तै ‘अनलिमिटेड डेटा विथ भ्वाइस’ प्लान अन्तर्गत प्रयोगकर्ताले इन्टरनेटका साथै भ्वाइस प्लान पनि प्रयोग गर्न पाउनेछन् । राउटरमा भएको पोर्टमा टेलिफोनको केबल राखेर भ्वाइस प्लान सदुपयोग गर्न सकिने कम्पनीले जनाएको  छ ।

अनलिमिटेड डेटा विथ भ्वाइस प्लान अन्तर्गत पनि दुई ओटा प्लान रहेका छन् । एउटा ‘अनलिमिटेड बेसिक विथ भ्वाइस’ र अनलिमिटेड प्रिमियम विथ भ्वाइस रहेका छन् । यी दुवै प्याकेज खरिद गरेपछि अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सकिने भएपनि भ्वाइसमा भने सीमितता छ ।

‘अनलिमिटेड बेसिक विथ भ्वाइस’ प्लानका लागि राउटरसहित ग्राहकले सात हजार ४९९ रुपैयाँ तिरेर छ महिनासम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन् । त्यस्तै एक वर्षको प्याकेज खरिद गर्न १४ हजार ४९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यो सेवा छ महिनाका लागि नवीकरण गर्न छ हजार ४९९ रुपैयाँ लाग्नेछ भने वार्षिक १३ हजार ४९९ रुपैयाँ तिरेर सेवा नवीकरण गर्न सकिन्छ । यो प्याकेजसहितको राउटर खरिद गर्दा प्रयोगकर्ताले दैनिक १० जीबीसम्म ५ एमबीपीएस स्पिडका दरले इन्टरनेट प्रयोग गर्न सकनेछन् । र, त्यसपछि १.५ एमबीपीएसको दरले इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

भ्वाइसमा भने नेपाल टेलिकमभित्र मासिक ४०० मिनेट कल गर्न सकिनेछ भने नमस्ते बाहेकका सिममा १०० मिनेट कुराकानी गर्न सकिनेछ । साथै ‘अनलिमिटेड प्रिमियम विथ भ्वाइस’ प्लान भएको राउटर खरिद गर्न प्रयोगकर्ताले सात हजार १० हजार ४९९ रुपैयाँ तिरेर छ महिनासम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै एक वर्षको प्याकेजसहित उक्त राउटर खरिद गर्न १९ हजार ४९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो सेवा छ महिनाका लागि नवीकरण गर्न नौ हजार ४९९ रुपैयाँ लाग्नेछ भने वार्षिक १८ हजार ४९९ रुपैयाँ तिरेर सेवा नवीकरण गर्न सकिन्छ ।

यो प्याकेजसहितको राउटर खरिद गर्दा प्रयोगकर्ताले दैनिक १५ जीबीसम्म ५ एमबीपीएसका दरले इन्टरनेट प्रयोग गर्न सक्नेछन् । र, त्यसपछि २ एमबीपीएस स्पिडमा इन्टरनेट प्रयोग गर्न सकिन्छ ।

भ्वाइसमा भने नेपाल टेलिकमभित्र मासिक ४०० मिनेट कल गर्न सकिनेछ । त्यस्तै अफ- नेट १०० मिनेटसम्म कुराकानी गर्न सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार