श्रावण ३, २०८२ शनिबार July 19, 2025

कोरोना अपडेटः भारतमा १ नेपालीको मृत्यु, ५ नेपालीले गरे आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरसका कारण दक्षिण छिमेकी मुलुक भारतमा एक नेपालीको मृत्यु भएको छ। पाल्पाको दारशिवाय स्थायी घर भएका का ४५ वर्षीय दुर्गा थापाको उपचारको क्रममा मृत्यु भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

मृतक थापा रोजगारीको सिलसिलामा हरियाणामा बस्दै आएका थिए। कोरोना संक्रमण देखिएपछि स्थानीय अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।

अहिलेसम्म भारतमा बस्दै आएका २८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। भारतमा संक्रमण पुष्टि भएका २८ नेपालीमध्ये १३ जना उपचारपछि निको भइसकेका छन्। बाँकी १४ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म २१ सय भन्दा धेरैको मृत्यु भइसकेको छ।

यसैबीच कोरोना संक्रमण सुरु भएपछि भारतमा ५ जना नेपालीले आत्महत्या गरिसकेका छन्। नयाँदिल्ली र गुजरातमा गरी ५ जना नेपालीले कोरोनाको त्रासको कारण आत्महत्या गरेका हुन्।

सुर्खेत घर भइ गुजरात बस्दै आएका एकै परिवारका चार जनाले एक साता अघि आत्महत्या गरेका नेपाली दूतावासले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया