काठमाण्डौः स्मार्ट टेलिकम प्रालिको लाइसेन्स खारेज भएकाे छ।
नवीकरणका लागि दिइएको समय वैशाख ३ गते अपराह्न ५ बजेसम्म पनि नवीकरण नगरेपछि टेलिकमको लाइन्सेन्स स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। नवीकरण नगरेपछि लाइसेन्स स्वतः खारेज भएको बताईएको छ ।
नियामक निकायको रूपमा रहेको प्राधिकरणले यसअघि नै स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्न प्राधिकरणकै सञ्चालक समिति सदस्य गोकर्ण सिटौलाको नेतृत्वमा ५ सदसीय समिति गठन गरेको थियो।
उक्त समितिले प्राधिकरणले जारी गरेको पूर्वाधार नियमावलीभित्र रहेर स्मार्ट टेलिकमको पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली, दूरसञ्चार सञ्जाल तथा सम्पत्ति लिलाम बढाबढको माध्यमबाट बिक्री गर्न मूल्य निर्धारण गर्नेछ।
स्मार्ट टेलिकमले नवीकरणको २१ अर्ब ८६ करोड रुपैयाँ र त्यसको १५ प्रतिशत जरिवाना बुझाउनुपर्ने हुन्छ। लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्सको अवधि वैशाख १ गते सकिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया