श्रावण ४, २०८२ आइतबार July 20, 2025

बिजुली जाँदा कम्प्युटरमा पुग्न सक्छ यस्तो क्षति, जोगाउने कसरी ?

बेलाबेलामा बत्ती गइरहँदा हुनसक्ने जोखिम र त्यसबाट जोगिने उपाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः कम्प्युटर अन भइरहन नियमित विद्युत प्रवाह चाहिन्छ । तर कहिलेकाहीँ तपाईंको विद्युत आपूर्ति भरपर्दो नहुन सक्छ । यदि छरछिमेकमा बेलाबेला बत्ती आउने जाने गरिरहन्छ भने तपाईं सोच्दै हुनुहुन्छ होला, कतै बत्ती गएको बेला कम्प्युटरलाई नोक्सानी त गर्दैन ? अनि त्यसबाट पर्नसक्ने असरबाट कसरी जोगिने ? आज हामी बेलाबेलामा बत्ती गइरहँदा हुनसक्ने जोखिम र त्यसबाट जोगिने उपायको बारेमा चर्चा गर्दैछौं ।

के कारणले एक्कासि बत्ती जान्छ, हाई भोल्टेज तथा लो भोल्टेज आउँछ ? 

तपाईं हाम्रो घरसम्म आइपुग्ने बिजुली स्थिर छैन । विद्युतीय करेन्ट घट्ने बढ्ने भइरहन सक्छ, आवश्यक र उचित मात्राभन्दा तलमाथि जान सक्छ । धेरै बढी र अति थोरै ऊर्जाले समस्या निम्त्याउन सक्छ । जब पूर्णतया बिजुली बन्द हुन्छ, त्यतिखेरको अवस्थालाई ‘ब्ल्याकआउट’ अर्थात बत्ती गएको अर्थमा बुझिन्छ ।

प्रसारण केन्द्र अवरुद्ध हुन, विद्युतीय तार नष्ट हुन लगायतका समस्या तपाईं हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छन् । कहिले काहीँ तारहरू एक आपसमा छोइएर शर्ट हुने वा ऊर्जाको भार अत्यधिक हुँदा यस किसिमका समस्या आइरहेका हुन्छन् ।

त्यस्तै समान किसिमको अर्को समस्या हो लो भोल्टेज आउनु । यस्तोमा पूर्ण रुपमा बत्ति गएको हुँदैन । यदि तपाईंले थाहा नभएको कुनै कारणले बत्ती डिम भएको देख्नु भयो भने सम्भवतः लो भोल्टेजको बिजुली आइरहेको हुन सक्छ, जसलाई प्राविधिक भाषामा ब्राउनाउट भन्ने गरिन्छ ।

यस्तो समस्या बिजुलीको भार घटाउन र बत्ती जानबाट रोक्ने प्रयोजनका लागि जानाजान निम्त्याइएको हुन सक्छ । यद्यपि नचाहेरै पनि लो भोल्टेजको बिजुली नआउने भन्ने होइन । यस बाहेक लोडशेडिङ भन्ने कुरा पनि हुन्छ, जससँग हामी नेपालीहरू राम्रैसँग परिचित छौं । यस्तो कार्य खासगरी उपलब्ध बिजुली भन्दा माग अत्यधिक भएको अवस्थामा पालैपालो समय तालिका मिलाएर ठाउँठाउँमा बत्तीको लाइन बन्द गरिन्छ ।

लोड-शेडिङ जानाजान गरिन्छ, ता कि विद्युत ग्रिडले धान्न नसकेर पूर्ण रुपमा बत्ती जाने अवस्था नआओस् । यसैगरी अर्को समस्या भनेको पावर-सर्ज अर्थात् अचानक विद्युतीय झड्का आउने हुन्छ । यस्तो समस्या तब आउँछ, जब घरमा भएका विद्युतीय उपकरणले कम्तिमा तीन नानोसेकेन्डका लागि चाहिएको भन्दा अत्यधिक विद्युत प्राप्त गर्छन् ।

विद्युतीय झड्का आउनुको पछाडि विभिन्न कारणहरू हुन सक्छन्, जसमा शर्ट सर्किट र विद्युतीय लाइनमा आएको खराबी समेत पर्छन् । यद्यपि हाई भोल्टेज एक वा दुई नानोसेकेन्ड अवधिका लागि मात्रै आउँछ भने त्यो सम्भवतः चट्याङका कारण हुन सक्छ ।

के बत्ती जाँदा कम्प्युटरलाई असर गर्छ ?

त्यसो हो भने के अचानक बिजुली जाँदा कम्प्युटरमा समस्या आउन सक्छ ? त्यस्तो अवस्थामा मात्र होइन, गएको बत्ती अचानक आउँदा समेत तपाईंको डेटा र हार्डवेयरमा समस्या आउने जोखिम रहन्छ । बत्ती जाँदा यसरी बिग्रिन सक्छ कम्प्युटरः बत्ती जाँदा अचानक बन्द हुने भएकाले कम्प्युटरको स्वास्थ्यमा खतरा उत्पन्न हुन सक्छ ।

अपरेटिङ सिस्टम जटिल किसिमका हुन्छन् र त्यसमा ‘शटडाउन सिक्वेन्स’ पूरा हुनुपर्छ, ता कि पावर अफ हुनु अगावै सबै सञ्चालित प्रोसेसहरू सही तरिकाले समाप्त होऊन् । अचानक बिजुली जाँदा यस किसिमका अनिवार्य पूरा हुनुपर्ने चरणहरूलाई अवरुद्ध पार्छ र कतिपय प्रोसेसहरू बीचैमा छुट्न सक्छन् । जसले अपरेटिङ सिस्टममा क्षति पुर्‍याएर फाइल तथा थ्रेडहरूलाई ‘करप्ट’ पार्न सक्छ ।

सिस्टम फाइल निकै महत्त्वपूर्ण  हुन्छन् । अपरेटिङ सिस्टम कुनै महत्त्वपूर्ण फाइल एडिट गरिरहेको बेला बीचैमा अचानक पावर काटिएको खण्डमा फाइल  करप्ट हनु सक्छन् । यसमा उदाहरणको लागि सिस्टम अपडेटको समयलाई लिन सकिन्छ ।

त्यसपछि जब तपाईं कम्प्युटर रि-बुट गर्ने प्रयास गरिरहनु भएको हुन्छ, त्यसक्रममा यस्ता करप्ट फाइलका कारण अपरेटिङ सिस्टम क्र्याश हुन्छ र रि-बुट नै असफल हुन्छ । यदि सिस्टम फाइल तोडमोड भएका छैनन् भने तपाईं भाग्यमानी नै हो । यद्यपि त्यस्तो अवस्थामा पनि तपाईंले मुख्य कामहरू गुमाइरहनु भएको हुनसक्छ ।

यदि तपाईंमा कम्प्युटरमा गरिएका कामहरू नियमित रुपमा सेभ गर्ने बानी छैन भने अचानक बत्ती जाँदा ती कामहरू पुनः सुरुबाटै थाल्नुपर्ने समस्या त तपाईंले पनि भोग्नु भएकै होला ।

यसबाहेक बारम्बार बिजुली जाने समस्याले हार्ड ड्राइभको भौतिक आयू घटाइदिन सक्छ । किन भने सञ्चालनका क्रममा घुमिरहने प्लेटमाथि हार्ड ड्राइभको ‘पढ्ने र लेख्ने’ भाग झुन्डिएको हुन्छ । पावर गुम्दा उक्त भाग आफ्नै स्थानमा फर्किन्छ ।

अचानक रुपमा पावर अवरुद्ध हुने कार्यले ससाना त्रुटिहरू निम्त्याउन सक्छ, जुन समयसँगै थुप्रिँदै जान्छ र ‘हेड क्र्याश’ हुने सम्भावना बढाउँछ । जब त्यो माथि झुन्डिने भाग (हेड) ले प्लेटरको सतहलाई छुने र खुइल्याउने काम गर्छ, त्यसले हार्ड ड्राइभलाई नराम्ररी नष्ट पार्दै जान्छ ।

अचानक बत्ती जाँदा एसएसडी अर्थात सोलिड-स्टेट ड्राइभमा समेत क्षति पुर्‍याउन सक्छ । जसमा डेटा करप्सनदेखि सम्पूर्ण रुपमा बिग्रिनेसम्मका समस्या आउन सक्छन् ।

किङ्गस्टनका अनुसार धेरैजसो एसएसडीमा ‘पावर-लस प्रोटेक्सन’ (पीएलपी) हुन्छ, तर प्रारम्भिक पुस्ताका एसएसडीमा अहिलेका आधुनिक ड्राइभमा जस्तो अचानक पावर जाँदा आइपर्दा त्यति भरपर्दो हुँदैनन् । त्यसैले यदि तपाईंसँग धेरै पुरानो एसएसडी छ र पावर ग्रिडको समस्या आइरहने स्थानमा बस्नु हुन्छ अथवा प्रतिकूल मौसम भएको क्षेत्रमा रहनु हुन्छ भने आफ्नो  एसएसडी अपग्रेड गर्नु बुद्धिमानी हुन्छ ।

बत्ती गइसकेपछि आउने विद्युतीय झड्काले कम्प्युटरमा पर्ने असरः 

बत्ती जाँदा मात्रै समस्या आउन सक्छ भन्ने होइन । अझ बत्ती गइसकेपछि पुनः आउँदा पटक पटक करेन्टको झड्का आइरहन्छन् । यस्तो झड्काले कम्प्युटरमा आवश्यक भन्दा बढी पावर आपूर्ति हुन सक्छ र त्यसभित्र रहेका सरसामग्री डढाइदिन सक्छ ।

बिजुली जाँदा मदरबोर्डमा त्यति ठूलो नोक्सानी नहोला तर अचानक आउने झड्काले निश्चित रुपमा ठूलो क्षति पुर्‍याउन सक्छ । परिणाम स्वरूप तपाईंको कम्प्युटर अन नहुन सक्छ ।

बत्ती जाँदा हुनसक्ने क्षतिबाट कसरी जोगाउने कम्प्युटर

बत्ती जाँदा कम्प्युटरका भाग नै नष्ट नहोलान् तर अचानक आउने झड्काले भने हुन सक्छ । त्यसले तपाईंको कम्प्युटरलाई नै नष्ट गर्न सक्छ । यस्तो अवस्थामा यदि तपाईं आफ्नो कम्प्युटर र त्यसमा रहेको डेटाको ख्याल राख्न चाहनु हुन्छ भने सबैभन्दा उचित विकल्प भनेको पूर्वसावधानी स्वरुप बत्ती जाँदा पनि कम्प्युटरमा निरन्तर पावर आइरहने यूपीएस तथा इन्भर्टर जस्ता सरसामानमा लगानी गर्नु हो ।

यूपीएसमा ब्याकअप ब्याट्री रहेको हुन्छ, जसले बत्ती जाँदा समेत तपाईंको कम्प्युटरमा निरन्तर पावर उपलब्ध गराइरहन्छ । यूपीएस उपकरणहरू विद्युतीय झड्काबाट जोगाउने किसिमका समेत हुन्छन् । यदि तपाईं बेलाबेलामा बत्ती गइरहने बिल्डिङ वा स्थानमा बस्नु हुन्छ भने यूपीएसमा गरिने लगानीले तपाईंलाई जोगाउनेछ ।

यहाँनिर ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा के छ भने यूपीएसले तपाईंको कम्प्युटरलाई केही मिनेटका लागि मात्र पावर उपलब्ध गराउन सक्छ । यसको अर्थ आफ्नो कामलाई निरन्तरता दिन चाहनु हुन्छ भने त्यसका लागि यूपीएस मात्र पर्याप्त विकल्प भने होइन ।

तर यी केही मिनटले सम्भावित क्षतिबाट जोगाउन कम्प्युटर बन्द गर्न तपाईंलाई पर्याप्त समय दिन्छ । यस अतिरिक्त यूपीएसमा हुने अलार्म साउन्डले सावधानी अपनाउन बत्ती गएको जानकारी दिन्छ अथवा तपाईंको कम्प्युटरलाई तत्काल बन्द गर्न अह्राउँछ ।

बत्ती जाँदा ल्यापटपको प्रयोग

यदि तपाईं बत्ती गएको बेलामा पनि आफ्नो कामलाई निरन्तरता दिन चाहने हो भने ल्यापटप किन प्रयोग नगर्ने ? ल्यापटपले सम्पूर्ण रुपमा बत्ती गएको अवस्थालाई टार्न सक्छ । बत्तीको लाइन जाँदा ल्यापटपले ब्याट्रीमा स्विच गर्छ । यदि तपाईं बेलाबेलामा बत्ती गइरहने क्षेत्रमा हुनुहुन्छ भने डेस्कटपको साटो ल्यापटप लिनु राम्रो हुन्छ ।

पूर्ण पीसीको तुलनामा ल्यापटप त्यति शक्तिशाली नभए पनि बत्ती गइरहने अवस्थामा भने कम्प्युटरभन्दा ल्यापटप निकै उपयोगी हुन्छन् । निश्चित रुपमा आफ्नो क्षेत्रमा बत्तीको अवस्था राम्रो नभएकै कारण ल्यापटप खरिद गर्ने कुरा त्यति राम्रो महसुस हुँदैन । अचानक बत्ती जाने समस्याबाट आफ्नो डेटा जोगाउन चाहे जुनसुकै माध्यम छनौट गर्नुहोस्, तपाईंले विद्युतीय झड्का (सर्ज) बाट जोगाउने पक्षमा पनि सुधार  गर्नैपर्ने हुन्छ ।

यसले बत्ती जाँदा तपाईंको कम्प्युटरको हार्डवेयरलाई त त्यति जोगाउन नसक्ला । तर बत्ती गइसकेपछि आउने झड्काबाट भने यसले राम्रो रक्षा गर्न सक्छ । सर्ज प्रोटेक्टरले बत्ती गएको बेला हुनसक्ने हरेक किसिमका खतराबाट जोगाउनुका साथै विद्युतीय झड्कालाई समेत रोक्न सक्छ । सर्ज प्रोटेक्टर खरिद गर्ने कुरा थोरै दुविधाको विषय हुन सक्छ, किनभने तिनीहरूले कत्तिको राम्रोसँग काम गर्न सक्छन् भन्ने कुरा स्पेसिफिकेसनमा खुलाइएको हुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार