श्रावण ४, २०८२ आइतबार July 20, 2025

आईफोनबाट यसरी खिच्नुहोस् लङ एक्सपोजर फोटो

डीएसएलआर क्यामेराबाट सटर स्पिड मिलाएर खिच्नु भएको जस्तै लङ एक्सपोजर फोटो आईफोनबाट नै खिच्न सक्नुहुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यदि तपाईँ आफ्नो फोटोग्राफीको सिप आफ्नो स्मार्टफोनबाट नै देखाउन चाहनुहुन्छ भने आईफोनमा तपाईँको लागि उपयु्क्त फिचर छन् । प्राय: हाम्रो फोनमा धेरै यस्ता फिचरहरू हुन्छन् जसको बारेमा हामीलाई जानकारी हुँदैन । आईफोनको क्यामेरामा भएको यस्तै एउटा फिचरको बारेमा यहाँ उल्लेख गरिएको छ ।

आईफोनमा यसरी लिनुहोस् लङ एक्सपोजर फोटो: 

– मोबाइलको क्यामेरा एप खोल्नुहोस्

– क्यामेरालाई लाइभ मोडमा राख्नुहोस् । यसको लागि स्क्रिनको दाहिनेतिर सबैभन्दा माथि भएको गोलो आकारको आईकनमा क्लिक गर्नुहोस् । यसपछि तपाईँको मोबाइलको स्क्रिनको माथि बिचमा ‘लाइभ’ भनेर देखाउँछ ।- आफूले खिच्नको चाहेको बत्तिको वा कुनै प्रकाशको फोटो खिच्नुहोस् ।

– फोटोजमा गएर आफूले खिचेको फोटो ओपन गर्नुहोस्

– यसपछि अघि खिचेको लाइभ फोटो ओपन गर्नुहोस् र स्क्रिनको माथिपट्टि दायाँतिर भएको लाइभ अप्सनमा क्लिक गर्नु्होस् ।

– त्यहाँ लङ एक्सपोजरमा क्लिक गर्नुहोस् ।

यसरी तपाईँले कुनै डीएसएलआर क्यामेराबाट सटर स्पिड मिलाएर खिच्नु भएको जस्तै लङ एक्सपोजर फोटो आईफोनबाट नै खिच्न सक्नुहुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार