श्रावण ४, २०८२ आइतबार July 20, 2025

आउँदो जुन महिनामा गुगलले ‘पिक्सेल फोल्ड’ सार्वजनिक गर्ने

अढाई लाख मूल्य पर्ने फोल्डेबल फोन ल्याउँदै गुगल, कस्ता होलान् फिचर ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गुगलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने भएको छ । सामसङले फोल्डेबल फोनको बजार लिइरहेको बेला आउँदो जुन महिनामा गुगलले ‘पिक्सेल फोल्ड’ सार्वजनिक गर्न लागेकाे हो ।

आगामी मे १० मा हुने ‘गुगल आई/ओ’का दिन फोनबारे थप जानकारी दिने गुगलले बताएको छ । ‍तर अहिले नै उक्त पिक्सेल फोल्ड फोनका धेरै जानकारी बाहिरिन थालेका छन् ।

This is how much Samsung's most powerful foldable phones--Galaxy Z Fold 3,  Z Flip 3-- will cost in India - Times of India

७२ घण्टासम्म टिक्ने ब्याट्री प्रयोग हुने बताइएको फोनमा ५.८ इन्चको बाहिरी ओलेड डिस्प्ले र ७.६ इन्चको भित्री डिस्प्ले हुनेछ । त्यस्तै फोनमा पिक्सेल सेभेन र सेभेन प्रोमा प्रयोग गरिएको गुगलको आफ्नै टेनसर जी टू चिपसेट प्रयोग हुनेछ भने रिफ्रेस रेट १२० हर्जसम्मकाे हुने चर्चा छ ।

त्यस्तै कालो र सेतो गरी दुई रङमा फाेन उपलब्ध हुनेछ । पानी प्रतिरोधी हुने बताइएको ‘पिक्सेल फाेल्ड’ एन्ड्रोइड १३ मा आधारित हुनेछ भने १२ जीबी र्‍याममा उपलब्ध हुनेछ ।

२५६ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य १८०० डलर (करिब दुई लाख ३६ लाख रुपैयाँ) र ५१२ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य १९२० डलर (करिब दुई लाख ५१ हजार रुपैयाँ) हुने अनुमान छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार