श्रावण ४, २०८२ आइतबार July 20, 2025

तपाईले डाउनलोड गरेको फाइलमा भाइरस त छैन् ? यस्तो छ थाहा पाउने तरिका ।

सबैभन्दा पहिले भाइरस टोटल डटकममा गएर फाइलमा क्लिक गर्नुहोस्...

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड गरेको फाइल वा सफ्टवेयरमा भाइरस छैन् भनेर कसरी निश्चित गर्ने ?

यदि तपाईको कम्प्युटरमा एन्टी भाइरस छ भने केही हदसम्म थाहा पाउछ ।  तर कुनै कुनै भाइरस एन्टीभाइरसले पनि थाहा पाउँदैन । आज हामी यसको बारेमा जानकारी दिदै छौँ ।

पहिलो तरिका भनेको कुनै पनि सर्च इन्जिनमा जानुहोस् । त्यसपछि भाइरस टोटल डटकम साइट खोल्नुहोस् । भाइरस टोटलमा तपाईलाई तीनवटा विकल्प हुन्छ ।

पहिलो फाइललको, दोस्रो युआरएलको र तेस्रो सर्चको । यदि फाइलमा भाइरस छ कि छैन भनेर जानकारी पाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले भाइरस टोटल डटकममा गएर फाइलमा क्लिक गर्नुहोस् । त्यसपछि चुज फाइलमा गएर फाइल सेलेक्ट गर्नुहोस् र स्क्यान गर्नुहोस् ।

यदि त्यो भन्दा पहिले कसैले त्यो फाइललाई स्क्यान गरेको छ भने रिएनालाइजमा गएर स्क्यान गर्न सकिन्छ । त्यसपछि तपाईँलाई रिपोर्ट जस्तो देखाउँछ । यदि त्यहाँ डिटेक्सन रिसियो जिरो छ भने त्यो फाइलमा भाइरस छैन् ।

यदि भाइरस भए जिरो भन्दा अन्य अंक देखाउँछ । यदि त्यो फाइलमा भाइरस भए कुन भाइरस छ भनेर पनि त्यही बाटै हेर्न सकिन्छ ।  आइसिटीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार