श्रावण ४, २०८२ आइतबार July 20, 2025

सामसङको नयाँ फाइभजी स्मार्टफोन ‘ग्यालेक्सी एम१२’ सार्वजनिक

६००० एमएएच ब्याट्री र ५० मेगापिक्सेलका तीन क्यामेरा भएको सामसङ स्मार्टफोन बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा सामसङको नयाँ फाइभजी स्मार्टफोन ‘ग्यालेक्सी एम१२’ भित्रिएको छ । कम्पनीले बुधबारदेखि देशभरका सबै शोरुमहरूमा यो मोडेलको फोन उपलब्ध भएको जानकारी दिएको छ ।

यसमा ५० मेगापिक्सेलका  तीन ओटा क्यामरा छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्नसक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै फोनमा सेल्फी खिच्नका लागि १३ मेगापिक्सेलको क्यामेरा छ । कम्पनीले फोनमा ६००० एमएएच क्षमताको ब्याट्री दिएको छ । कम्पनीले एक पटकको चार्जमा लगातार दुई दिनसम फोन चलाउन सकिने दाबी गरेको छ ।

”तपाईंले मोबाइलको ब्याट्री जीवनको कुनै परवाह नगरी घण्टौं घण्टासम्म लगातार ब्राउज एण्ड बिन्ज गर्न सक्नु हुनेछ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै स्मार्टफोनले २५ वाटको फास्ट चार्जिङ्गलाई सपोर्ट गर्छ । त्यस्तै यो फोनको अर्को विशेषतामा ५ एनएम एक्जिनस १३३० प्रोसेसर रहेको छ ।

यो चिपसेटले प्रयोगकर्ताहरूलाई कुनै बाधा बिना बहुकार्यहरु गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । ”यसमा पावर गुणदायक सीपीयू संरचना छ र यसले उत्कृष्ट गेमिङ्ग अनुभवका लागि सहज र थ्री डि ग्राफिक्स उपलब्ध गराउँछ,” कम्पनीले भनेको छ ।

त्यस्तै फोनमा भर्चुअल र्‍यामको विकल्प पनि छ, जसमार्फत १२ जीबीसम्म र्‍यामको क्षमता बढाउन सकिन्छ । फोनमा ६.६ इन्चको एचडी प्लस, ९० हर्ज डिस्प्ले उपलब्ध छ । ६+१२८ जीबीयुक्त फोनको मूल्य रु.२४,९९९ ताेकिएकाे छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार