श्रावण ३, २०८२ शनिबार July 19, 2025

सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ ।

बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार साँझ दुबोनास्थित एक उद्यानमा एक जना प्रहरी अधिकारीसँग झगडा भएपछि करिब २० वर्षको एक युवकले स्वचालित हतियारबाट गोली प्रहार गरी उनीहरूलाई मारेको स्थानीय सञ्चारमाध्यमले आज जनाएका छन् ।

आक्रमणकारीको खोजी भइरहेको छ । सुरक्षा निकायले भारी मात्रमा प्रहरी परिचालनका साथै हेलिकप्टर र ड्रोन प्रयोग गरेर आक्रमणकारीको खोजी गरिरहेको छ । आक्रमणमा मारिएका सबै २३ वर्ष मुनिका किशोरकिशोरी हुन् ।

Serbian student who killed 8 classmates had kill list for well-planned  attack | The Times of Israel

नरसंहारको घटनाबारे जानकारी प्राप्त हुनेवित्तिकै स्वास्थ्यमन्त्री, सुरक्षा तथा गुप्तचर निकायका उच्च अधिकारी घटनास्थल पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

गत बुधबार बेलग्रेडको एक विद्यालयमा १३ वर्षका एक जना विद्यार्थीले गोली हानेर आफ्ना आठ जना साथीको हत्या गरेको थियो ।  एक साताको अन्तरालमा भएका यी दुई घटनाले सर्वियाली सरकारलाई बन्दुकको स्वामित्वमा कठोर प्रतिबन्ध लगाउन प्रेरित गरेको छ ।

पहिलेदेखि नै बन्दुकसम्बन्धी धेरै कडा कानुन भएको सर्वियामा बन्दुक हिंसाका घटना बिरलै हुने गरेका थिए । अन्य युरोपेली देशको तुलनामा सर्वियामा बन्दुकको स्वामित्व स्वतन्त्रता अधिक छ ।

सन् २०१९ को एक तथ्याङ्कअनुसार हरेक एक सय सर्वियालीमध्ये करिब ४० जनाले बन्दुक बोक्ने वा राख्ने गरेका छन् । अमेरिका र मोन्टेनेग्रोपछि बन्दुक राख्ने अनुमति प्राप्त देश विश्वकै तेस्रो मुलुक सर्विया हो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया