श्रावण ४, २०८२ आइतबार July 20, 2025

टाइप-सी पोर्टमा सीमितता ल्याए आईफोन बिक्रीमा रोक लगाउने युरोपेली संघको चेतावनी

आईफोनमा यूएसबी-सी उपलब्ध गराउने हो भने त्यसमा कुनै सीमितता हुन नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यूएसबी-सी पोर्टका सन्दर्भमा एप्पलले केही सीमितता ल्याउने समाचार बाहिरिएपछि युरोपेली संघ (ईयू)ले बिक्रीमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । ईयूका एक आयुक्त थियरी ब्रेटनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यसो गरेमा आईफोन बिक्रीमा प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा ब्रेटनले आईफोनमा यूएसबी-सी उपलब्ध गराउने हो भने त्यसमा कुनै सीमितता हुन नहुने उल्लेख गरेका छन् । एप्पलले आईफोन १५ मा यूएसबी-सी प्रणाली सुरु गर्ने खबर बाहिरिएको छ । तर बाहिरिएका केही सूचना अनुसार कम्पनीले यूएसबी-सी प्रणालीलाई लिएर आम्दानीको अवसर खोजिरहेको छ ।

विशेषगरी यूएसबी-सी भएको आईफोन डिभाइस चार्ज गर्न वा डेटा ट्रान्सफरका लागि प्रयोग गर्न एप्पलकै केबल वा कम्पनीले प्रमाणित गरेको केबल प्रयोग गर्नुपर्ने समाचार बाहिरिएको छ । अन्यथा चार्जरको स्पिड वा डेटा ट्रान्सफरको स्पिडमा सीमितता लाग्ने बताइएको छ ।

गत मार्चमा एप्पल विश्लेषक मिङ चि कुओले एप्पलले आईफोन १५ का लागि फास्ट चार्जिङ स्पिडसहितको यूएसबी-सी सार्वजनिक गर्न लागेको सूचना बाहिर ल्याएका थिए । तर, एप्पलले उत्पादन गरेका वा प्रमाणित नगरेका केबल प्रयोग गर्दा चार्जिङ स्पिड कम हुने उल्लेख गरेका थिए ।

बाहिरिएका विभिन्न समाचारलाई आधार मानेर ईयूले यूएसबी-सीमा कुनै पनि किसिमको सीमितता लगाउन नपाउने भन्दै विज्ञप्ति निकालेको हाे । सिङ्गल चार्जरका लागि ईयूका मापदण्ड पूरा नगरेको अवस्थामा युरोपेली बजारमा आईफोन बिक्री गर्न नपाउने ब्रेटनले उल्लेख गरेका छन् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार