श्रावण ४, २०८२ आइतबार July 20, 2025

जिमेल पासवर्ड रिसेट र परिवर्तन गर्ने सबैभन्दा सजिलो तरिका, टिप्ससहित

जिमेल पासवर्ड कसरी परिवर्तन गर्ने क्वीक टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : बैंक खाता विवरण र व्यक्तिगत डेटा जस्ता धेरै महत्त्वपूर्ण चीजहरू जिमेल एकाउन्टमा बचत गरिन्छ। यही कारणले गर्दा तपाईको जिमेल आइडीको पासवर्ड गलत व्यक्तिको हातमा पुग्यो भने तपाईका लागि ठूलो समस्या बन्न सक्छ।

तर धेरै पटक यस्तो हुन्छ कि हामी हाम्रो साथीको वा अरु कसैको ल्यापटप वा फोनमा काम गर्ने कारणले हाम्रो जिमेल खातामा लगइन गर्छौं र भूलवश पासवर्ड त्यहाँ सेभ हुन्छ। वा धेरै पटक एकाउन्ट हेर्दा कसैले प्रयोग गरिरहेको महसुस हुन्छ।

यस्तो अवस्थामा तपाईंले तुरुन्तै आफ्नो जिमेल खाताको पासवर्ड परिवर्तन गर्नुपर्छ। तपाईलाई जिमेलको पासवर्ड कसरी परिवर्तन गर्ने थाहा छैन भने चिन्ता नगर्नुहोस्। यहाँ हामी तपाईँलाई पूरा विधि बताउने छौं।

जिमेल पासवर्ड कसरी परिवर्तन गर्ने

  • जिमेल पासवर्ड तीनओटै एन्ड्रोइड स्मार्टफोन, ट्याब्लेट र डेस्कटपबाट परिवर्तन गर्न सकिन्छ। सबै विधिहरू यहाँ दिइएको छ।
  • स्मार्टफोन वा ट्याब्लेटबाट आफ्नो जिमेल खाता परिवर्तन गर्न, उपकरणको सेटिङ्ग्समा जानुहोस्।
  • त्यसपछि गुगलमा क्लिक गर्नुहोस्। यदि त्यहाँ एक भन्दा बढी एकाउन्टहरू छन् भने, जसको पासवर्ड परिवर्तन गर्ने हो त्यो एकाउन्ट चयन गर्नुहोस्।
  • त्यस पछि म्यानेज योर गुगल एकाउन्टमा (manage your google account) क्लिक गर्नुहोस्।
  • अब तल स्क्रोल गरेर वा दायाँबाट बायाँ आएर सेक्युरिटी विकल्पमा क्लिक गर्नुहोस्।
  • त्यसपछि पासवर्डमा क्लिक गर्नुहोस्। अब साइन इन गर्नुहोस्। त्यसपछि नयाँ पासवर्ड दुई पटक प्रविष्ट गर्नुहोस् र पासवर्ड परिवर्तनमा क्लिक गरेर सेभ गर्नुहोस्।

त्यसैगरी डेस्कटपबाट पनि पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ।

डेस्कटपबाट पासवर्ड रिसेट कसरी गर्ने

तपाईँको जिमेल पासवर्ड रिसेट गर्न, तपाईले लग इन गर्दा तल देखिएको फर्गेट पासवर्ड (Forgot Password) मा क्लिक गर्नुहोस्।

धेरैजसो अवस्थामा, गुगलले तपाइँलाई तपाइँको एन्ड्रोइड डिभाइस प्रमाणित गर्न र तपाइँको उपकरणमा तपाइँको पहिचान प्रमाणित गर्न सोध्छ। यदि तपाईंले अन्य फोन वा ट्याब्लेटमा यो आईडीमार्फत लगइन गर्नुभएको छ भने ‘गेट अ भेरिफिकेसन कोड एट आईडी (Get a verification code at id)’मा क्लिक गर्नुहोस्।

यदि तपाईंसँग आफ्नो फोन वा ट्याब्लेट छैन भने, साइन इन गर्न ट्राइ एनोदर वे टू साइन इन (Try Another Way to sign in) विकल्पमा क्लिक गर्नुहोस्। यदि तपाईंको खातामा कुनै रिकभरी इमेल आईडी वा फोन नम्बर लिंक गरिएको छैन भने, गुलले तपाईंको पहिचान पुष्टि गर्न प्रमाणीकरण कोड पठाउँछ।

तपाइँले आफ्नो पहिचान प्रमाणित गर्न जुनसुकै विकल्प प्रयोग गर्नुहुन्छ, र तपाइँलाई प्रक्रियाको अन्त्यमा नयाँ पासवर्ड सिर्जना गर्न भनिन्छ। त्यसपछि सेभ पासवर्ड (Save Password) मा क्लिक गर्नुहोस्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार