काठमाडौंः इलोन मस्कले ट्विटरको नयाँ सीईओको नाम घोषणा गरेका छन् । एनबीसी युनिभर्सलकी पूर्व विज्ञापन प्रमुख लिन्डा याकरिनोलाई उनले ट्विटरको सीईओ बनाएका हुन् ।
करिब ६ हप्तापछि उनले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ । मस्कले ट्विटरमार्फत यसको घोषणा गरेका छन्। एक दिनअघि नै उनले नयाँ सीईओ फेला पारेको बताएका थिए। तर, नाम खुलाएका थिएनन् ।
नयाँ सीईओ नियुक्तिसँगै आफू कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसरको भूमिकामा रहने मस्कले बताएका छन् ।
याक्कारिनोले बिजनेस हेर्ने र आफूले प्रडक्ट डिजाइन तथा नयाँ प्रविधि हेर्ने उनले जानकारी दिए ।
एनबीसी युनिभर्सलमा १२ वर्ष बिताएकी याक्कारिनोले विज्ञापनको क्षेत्रमा ट्विटरलाई निकै ठूलो फाइदा पुर्याउने अपेक्षा गरिएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया