वैशाख १३, २०८१ बिहिबार April 25, 2024

नागार्जुनमा प्रहरीसँग नागरिकको शान्तिसुरक्षा कायम गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौंको नागार्जुनमा शनिवार प्रहरी र स्थानीयवासी विच शान्ति सुरक्षा कायम गर्ने हेतुले एकदिवशिय अन्तरक्रिया गरिएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी, सेवा केन्द्र इचँगुनारायण नागार्जुनको आयोजनमा “प्रहरीसँग नागरिकको शान्ति सुरक्षासंग सम्बन्धित एक दिवशीय अन्तरक्रिया कार्यक्रम“ सम्पन्न भएको हो । नागार्जुन नगरपालिका वडा नं -२ मा  मा रहेको संस्थाको भवन नजिकै रहेको खुला चौरमा उक्त भव्य कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाका अध्यक्ष प्रताप दानीको सभापतित्वमा शुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा हालै नियुक्त हुनुभएका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवालीले गर्नुभएको थियो । अन्य अतिथिहरु जिल्ला प्रहरी कार्यालय काठमाण्डौका प्रवक्ता प्रहरी उपरिक्षक सिताराम रिजाल, नागार्जुन नगरपालिका वडा नं -२ का वडाअध्यक्ष थुमराज के.सी, नार्गाजुन नगरपालिका वडा नं -३ का वडाअध्यक्ष उमेश लामा, सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूका अध्यक्ष राजु खरेल, उपत्यका प्रहरी कार्यालय सामुदायिक शाखा प्रमुख प्रहरी नायव उपरिक्षक रविराज थपलिया, प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव  उपरीक्षक राजुवावु मर्हजन, संस्थाका अभिभावक समूहका सदस्यहरू, संरक्षक सदस्यहरू, सल्लाहकार सदस्यहरू, ट्राफिक प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी वरिष्ठ नायब निरिक्षक सचिन ठाकुर, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरु एवं महिला समूहका अध्यक्ष लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका संयोजक एवं सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष  शंखवीर पुतुवारले स्वागत मन्तव्य राख्नुभएको थियो । मन्तब्यमा उहाँले आम नागरीक र प्रहरीबीच अन्तरक्रिया गरी कसरी समाजमा घटेका र घटन सक्ने अपराधिक क्रियाकलापलाई न्युनीकरण गर्न सकिन्छ भनेर यस कार्यक्रमको आयोजना गरिएको कुरा प्रकाश पार्नुभएको थियो ।

मन्तब्यका क्रममा सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूकाअध्यक्ष राजु खरेलले २०५१ सालमा महाराजगञ्जबाट शुरू गरिएको सामुदायिक सेवा “केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले तत्कालिन द्वन्द्वकालदेखि हालसम्म काम गरिरहेको र हाल अझ यसको महत्व  बढी रहेको पुष्टि भएको बताउनु भएको थियो।

अर्का बक्ता एवं संस्थाका सल्लाहकार मेदनी प्रसाँईले २०६४ सालमा स्थापना गरिएको यो संस्था नागार्जुन नगरपालिकाको अभिभावक संस्था रहेको, २०६४ साल देखि २०७४ सालसम्म स्थानिय निकायहरू नभएको बेलामा अभिभावकिय संस्थाको रूपमा काम गरेको तथा देशभरीकै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भ्रमण गर्दा हाम्रो संस्था उत्कृष्ट रहेको पाएको बताउनु भएको थियो । उहाँले हालको  मुख्य समस्या पार्किङ र ट्राफिक जाम मुख्य समस्या रहेको बताउनु भएको थियो।

मन्तव्यको क्रममा संस्थाका संरक्षक विश्वराज भण्डारीले संस्थाको पूर्वाधार विकास राम्रो, (आफ्नै भवन) भएको, आर्थिक अवस्थामा पनि विस्तारै वामे सरिरहेको, समाज र मानवको व्यक्तित्व विकासमा सहयोग पुग्ने हेतुले ८ दिने उद्‌घोषण तालिम भर्खरै समाप्त भएको बताउदै आमनागरिकको शान्ति सुरक्षालाई कसरी कार्यन्वयन गर्न सकिन्छ? हाम्रो समाजबाट ईचंगु- नारायण मन्दिर, आकाश भैरव मन्दिरका मूर्तिहरू चोरी भए हालसम्म पत्ता लागेको छैन ? देशमा भएका ठूला माछा मात्र नभइ समाजमा भएका साना माछाहरू समात्न पनि नेपाल प्रहरीलाई सफलता मिलोस भन्ने कामना गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवालीले प्रहरी प्रशासन तथा समस्त प्रहरीहरु इमान्दारीकताका साथ आम नागरीकका समस्याहरू समाधान गर्न लागिपरिरहेकाे, नागरीकको अपेक्षा अनुसार काम भएका छैनन् त्यसलाई क्रमश सुधार गर्दै ,हाम्रो प्रविधिमा कम-पहुँच र मानवश्रोत साधन प्रयाप्त नभएकाले चाहेजति’ समस्या समाधान गर्न नसकेको बताउनु भएको थियो।

आधुनिक प्रविधि मार्फत धेरै सामाजिक सुरक्षा तथा अपराधिक कृयाकलापलाई न्यूनीकरण गर्न सहयोग पुगेको बताउदै उहाँले काठमाण्डौं महानगरपालिकाले सिसिटिभी जडान गर्न ६ करोड रुपैया र वुढानिलकण्ठ नगरपालिकाले ५ करोड विनियोजन गरिसकेको बताउदै अब नागार्जुन नगरपालिकाले पनि CCTV को लागि बजेट विनियोजन गर्न अनुरोध गर्न सुझाव दिनुभएको थियो । उहाँले प्रहरीले कहि कतै कमी कमजोरी गरेको थाहा पाए तुरुन्त जानकारी गराउन  अनुरोध गर्नुभएको थियो ।

साथै उहाँले  स्वर्ग जस्ता हाम्रो देशमाआगमन भिसा दिइन्छ हामी अन्य देशमा जानु पन्यो भने भिशा अन्तवार्ताको लागि वर्षो कुर्नुपर्ने बाध्यता औल्याउदै यो देश आउन पनि अन्य देशका पर्यटकले लाइन या पालो पर्खेर आउन पर्ने जस्तो गरी बनाउन सकिने धारणा राख्नु भएको थियो। उहाँले हाम्रो समाजमा दुई खाले अनुहार भएको, दुईटा कुरा गर्ने बानी भएकाले समस्या समाधानमा बाधक भएकाले जे कुरा हो सो स्पष्ट बताउने गरेमा समस्या पहिचान गरी छिटो निष्कर्षमा पुग्न सकिने कुरा बताउनु भएको थियो।

जिल्ला प्रहरी कार्यालय काठमाण्डौका प्रवक्ता प्रहरी उपरिक्षक सिताराम रिजालले परिचयात्मक कार्यक्रमसंगै स्थानीय समस्या र जिज्ञासाका विषयमा स्थानिय नागरिकहरुबाट प्राप्त सुझाव संकलनक पछी एकमुष्ठ जवाफ दिनुभएको थियो । सहभागीहरुले स्थानिय स्तरमा घटेका साना – साना समस्याहरुको निरुपण सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी, सेवा केन्द्र इचँगुनारायण नागार्जुनले गरेपनि ठुला समस्यामा प्रहरी प्रधान कार्यालयले गर्नुपर्ने चोक चोकमा सीसीटीभी राख्नुपर्ने, लगायतका समस्यहरु पेश गरिएको थियो । साथै स्थानियहरुले शान्ति सुरक्षाको प्रत्याभूति कमजोर बन्दै जानु लगायत विषयमा गुनासो र यस्ता कार्य बन्द गराउन सुझाव प्रहरीसंग गरेका थिए।

कार्यक्रमका सभापति एवं सामुदायिक सेवा तथा  सामुदायिक प्रहरी सेवा केन्द्र ईचगुनारायणका अध्यक्ष प्रताप दानीले आजको यस विशाल नागरिक उपस्थितीले आफूलाई थप उर्जा मिलेको, सहकार्यगंदै अगाडी बढ्न आफू कटिबद्ध रहेको बताउनु भएको थियो । समाज सेवाको भावनालाई आफूले सधै कदर गर्ने र थप सल्लाह, सुझावको संधै अपेक्षा गरिरहने बताउदै  यो संस्था २४ सै घण्टा नागरिकको सेवामा रहेको बताउनुहुँदै  उहाँले आफूले जे देख्यो त्यही भन्नु पर्ने, सत्य तथ्यको पक्षमा बोल्नुपर्ने तथा जस्ताको तस्तै भन्नु भएमा समाज सुधार गर्न सकिने स्पष्ट पार्दै याे विश्वास सधै कायम राख्ने वाचा गर्दै, यो भव्य अनी सभ्य कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै सभा विर्सजन गर्नु भएको थियो ।

 

 

उक्त कार्यक्रममा भर्खरै सम्पन्न गरिएको आठ दिने नेतृत्व विकास र तनाव व्यवस्थापन तालिम, सकारात्मक सोच, व्यक्तित्व विकास तथा उद्घोषण तालिममा सहभागी प्रशिक्षकहरु, प्रशिक्षार्थीहरुलाइ प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवाली र सभापति प्रताव दानीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

उपस्थित प्रमुख अतिथि ज्यु,अतिथि ज्यूहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई फूलको माला तथा खादा लगाई,राष्ट्रिय गान गाएर शुरू गरिएको उक्त कार्यक्रमको उदघोषण तथा संञ्चालन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका महासचिव सरला श्रेष्ठले गर्नु भएको थियो ।

ऊक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक श्री श्याम लाल ज्ञवालीलाई संस्थाको तर्फबाट सम्झना स्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रिमियम लिगका दुइ खेलाडी माथी बलात्कारका आरोप
२०८१ वैशाख १३, बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
२०८१ वैशाख १३, बिहिबार
आठ बर्ष पछि अमिर खान फिल्म प्रोडक्सनमा कमब्याक, दिल्लीमा सुरू भयो सुटिङ
२०८१ वैशाख १३, बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल
२०८१ वैशाख १३, बिहिबार
आज मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाँईदै
२०८१ वैशाख १३, बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
२०८१ वैशाख १३, बिहिबार
स्पेनका बामपन्थी प्रधानमन्त्रीकी श्रीमती माथी भ्रष्टचारको आरोप
२०८१ वैशाख १३, बिहिबार