वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

बिद्यार्थी एकता दिवसमा पाँच बामपन्थी नेता एउटै मञ्चमा देखिने

विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच बामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच बामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्।

नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्।

जेठ १ गते राष्ट्रिय नाचघरमा हुने विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।

उनका अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुनेछन् ।

‘विद्यार्थीहरुमा एकताको सन्देश दिन सयुक्त कार्यक्रम गर्न लागेका छौ,’ पराजुलीले भने, ‘पार्टी सडक र सत्तामा जहा भएपनी हामी सँगै छौ र सँगै हुनेछौ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसदीय समिति, फास्ट ट्रयाक सडकका बारेमा छलफल हुने
२०८१ वैशाख ७, शुक्रबार
एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग
२०८१ वैशाख ७, शुक्रबार
९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए
२०८१ वैशाख ७, शुक्रबार
कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट गर्ने तयारी
२०८१ वैशाख ७, शुक्रबार
आजको लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर
२०८१ वैशाख ७, शुक्रबार
पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ वैशाख ७, शुक्रबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने
२०८१ वैशाख ७, शुक्रबार