वैशाख १३, २०८१ बिहिबार April 25, 2024

नेकपा एमाले निकट बिद्यार्थी युवा संगठनले भ्रष्टचारबिरुद्ध प्रदर्शन गर्दै

एमाले निकट युवा–विद्यार्थी संगठनले आज भ्रष्टाचारविरुद्ध बिशाल प्रदर्शन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा–विद्यार्थी संगठनले आज भ्रष्टाचारविरुद्ध बिशाल प्रदर्शन गर्ने भएका छन्। अनेरास्ववियू तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट बिद्यार्थी र युवा संगठनले आज प्रदर्शन गर्न लागेका हुन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा भिआईपीहरुलाई प्रहरीले समातिरहेको बेला एमाले निकट युवा र बिद्यार्थी संगठनहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसून्’ भन्ने नाराका साथ आज बिहान ११ बजे प्रदर्शन गर्न लागेका हुन्। सो प्रदर्शनी रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गवाट सुरु हुने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया