श्रावण ४, २०८२ आइतबार July 20, 2025

निकोनको नयाँ मिररलेस क्यामेरा सार्वजनिक हुँदै

क्यामेराको मूल्य ४ हजार डलर (करिब ५ लाख २५ हजार रुपैयाँ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निकोन ब्रान्डले विश्व बजारमा नयाँ मिररलेस क्यामेरा सार्वजनिक गरेको छ । निकोन जेडएट (Nikon Z8) नाम दिइएको यो क्यामेरा भिडियो र स्थिर फोटोग्राफी दुवैको लागि डिजाइन गरिएको छ ।

कम्पनीको फ्ल्यागशिप क्यामेरा जेडनाइनको जस्तै डिजाइन भएको यो क्यामेरा भने सानो र बोकेर हिड्न सजिलो छ । यसको तौल ९१० ग्रामको छ । यसमा ३.२ इन्चको टचस्क्रिन उपलब्ध छ जसलाई ठाडो र तेर्सो गरेर प्रयोग गर्न सकिन्छ ।

यस्तै क्यामेरामा ०.५ इन्चको इलेक्ट्रोनिक भिउफाइन्डर  छ भने १८ लेभलको म्यानुअल ब्राइटनेस कन्ट्रोल फिचर पनि यसमा उलब्ध छ । यो क्यामेराले निकोनको जेड माउन्टेड र एफ माउन्टेड लेन्सहरू सपोर्ट गर्छ ।

यसमा ५२.३७ मेगापिक्सेलको फुल-फ्रेम सीएमओएस सेन्सर उपलब्ध छ । साथै यसमा अधिकता ४९३ ओटा अटोफोकस पोइन्टहरू पनि रहेका छन् । भिडिओग्राफीको लागि यस क्यामेरामा ३० एफपीएसमा एटके भिडिओ खिच्न सकिन्छ । यसमा फोरके एचडी र फुल एचडीमा पनि भिडिओ खिच्न सकिन्छ ।

यी बाहेक क्यामेरामा वाइफाइ, ब्लुटुथ, यूएसबी-सी पोर्ट, एचडीएमआई आउट, अडियो इनपुट/आवटपुट लगायतका फिचर पनि उपलब्ध छ । यो क्यामेरा मे २५ बाट बजारमा उपलब्ध हुने बताइएको छ । कम्पनीले क्यामेराको मूल्य ४ हजार डलर (करिब ५ लाख २५ हजार रुपैयाँ) तोकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार