वैशाख १२, २०८१ बुधबार April 24, 2024

सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

नागरिक उन्मुक्ति पार्टीबाट भने कुनैले पनि शपथ लिएनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपटबहादुर साउँद र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पृथ्वीबहादुर सिंहले शपथ लिएका हुन् ।

उद्योय पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी मालले शपथ लिएका छन् । तीन मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका हुन भने राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ खुवाएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा शनिवार साझ ४ बजे शपथ ग्रहणको कार्यक्रम रहेको थियो । नागरिक उन्मुक्ति पार्टीबाट भने कुनैले पनि शपथ लिएनन् । नागरिक उन्मुक्ति पार्टीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्र छोडिएको छ । उन्मुक्तिले सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गर्दै आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया