श्रावण ३, २०८२ शनिबार July 19, 2025

‘बखमुतको विनाश सन् १९४५ को हिरोशिमाको जस्तै’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बखमुत शहरको ‘विनाश’ लाई सन् १९४५ मा अमेरिकी आणविक बमले आक्रमण गरेपछि हिरोशिमामा भएको विनाशसँग तुलना गरेका छन् ।

युद्धपूर्व ७० हजार जनसङ्ख्या भएको बखमुत रूसको आक्रमणको सबैभन्दा लामो र रक्तपातपूर्ण युद्धको दृश्य बनेको छ ।

महिनौँसम्म चलेको भीषण लडाइँको समयमा बखमुतबाट यदाकदा देखाइएका दृश्यहरूमा उक्त स्थानलाई भग्नावशेषको शहर देखाइएको छ ।

जेलेन्स्कीले भने, “हिरोसिमाको फोटोले मलाई बखमुतको सम्झना गराउँछ । त्यहाँ केही पनि जीवित छैन ।” उनले भने, “सबै भवनहरू ध्वस्त भएका छन् । पूर्ण रूपमा विनाश भएका छन् । त्यहाँ मानिसहरू छैनन् अर्थात् केही पनि छैन ।”

 

जेलेन्स्कीले जापानले हिरोशिमामा गरेको पुनर्निर्माणले आक्रमणमा ध्वस्त भएका युक्रेनी शहर र शहरहरूको पुनर्निर्माण गर्न प्रेरित गरेको बताए ।

“अहिले, हिरोशिमाको पुनर्निर्माण भएको छ । शहर राम्रो उदाहरण बनेको छ,” उनले थपे, “हामी हाम्रा सबै शहरहरू पुनर्निर्माण गर्ने सपना देख्छौं जुन अहिले भग्नावशेषमा छन् । रूसी आक्रमणपछि धेरै गाउँमा एउटा पनि घर बाँकी छैन ।”

रूसले बखमुतलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेको एक दिनपछि जेलेन्स्कीले यस्तो बताएका हुन् । उनले स्पष्ट जवाफ नदिइकन रूसी सेना बखमुतमा रहेको तर त्यसलाई कब्जामा नलिएको बताए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार