श्रावण ३, २०८२ शनिबार July 19, 2025

दक्षिण अमेरिकी देश गुयानामा छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेकोा हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन् ।

एघार र १२ तथा १६ र १७ वर्षका किशोरीको आवस्मा क्षतिभएको बताउँदै प्रहरीले नियतवश कसैले भवनमा आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ । गुयानाका प्रहरी आयुक्त क्लिफ्टन हिकेनले “दुर्भावनाबाट प्रेरित भएर छात्रावासमा आगो लगाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, हाम्रो अनुसन्धान जारी छ,” पत्रकारमाझ भनेका छन् । अहिलेसम्म कुनै संदिग्धको पहिचान भएको छैन ।

At least 19 children killed in school dormitory fire in Guyana

आगलागीमा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको तथा पाँच जनाको महदिया जिल्ला अस्पतालमा मृत्यु भएको छ । सरकारले यसअघि देशको मध्य भागमा रहेको महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा २० जनाको मृत्यु भएको बताएको थियो ।

ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएको गुयाना खनिज स्रोतमा विश्वमै अब्बल मानिन्छ ।अङ्ग्रेजी राष्ट्रभाषा भएको यो देशको जनसङ्ख्या आठ लाख छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार