काठमाण्डौः युक्रेनसँग सीमा जोडिएको रुसको बेलगोरोद क्षेत्रमा सोमवार राति युक्रेनी सैनिकहरूले ड्रोनमार्फत बम प्रहार गरेको त्यहाँका गभर्नर भ्याचेस्लाभ ग्लादकोभले बताएका छन् ।
यसअघि युक्रेनको एक ध्वंसात्मक समूहले त्यहाँ छापामार आक्रमण गरेपछि प्रतिआतंकवादी कारवाही चलाइएको थियो ।
अबेर राति ग्रेभोरोन शहरमा सर्वसाधारणको घरमा बम खसाइएको थियो । उक्त शहर युक्रेनी सीमाबाट सात किलोमिटर टाढा छ । दुईवटा घरमा आगो लागेको तर कोही हताहत नभएको ग्लादकोभले जानकारी दिए ।
ग्लादकोभमै सोमवार युक्रेनी घुसपैठियाहरूले आक्रमण गरी आठजनालाई घाइते बनाएका थिए । त्यसपछि उक्त क्षेत्रमा प्रतिआतंकवादी कारवाही चलाइएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया