श्रावण ३, २०८२ शनिबार July 19, 2025

द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रसङ्घ प्रमुखको आग्रह

युद्धकालमा नागरिकको सुरक्षा गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न विश्व असफल भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।

महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षासम्बन्धी बहसमा भन्नुभयो, “लामो समयदेखि सशस्त्र द्वन्द्वको घातक असर आम नागरिकले भोग्दै आएका छन् । अब हामीले उनीहरूको रक्षा गर्ने आफ्नो वाचा पूरा गर्ने समय आएको छ ।”

उहाँलेले युद्धकालमा नागरिकको सुरक्षा गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न विश्व असफल भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति अझ बढी सम्मान गर्न आग्रह गर्नुभएको थियो ।

गत वर्ष जनघनत्व भएका क्षेत्रमा तैनाथ विष्फोटक हतियारका कारण ज्यान गुमाउनेमा ९४ प्रतिशत सर्वसाधारण रहेको राष्ट्र सङ्घको तथ्याङ्क छ ।

सन् २०२२ मा विश्वका ११ करोड ७० लाखभन्दा बढी मानिसले तीव्र भोकमरीको सामना गर्नुपरेको थियो, जसको मुख्य कारण युद्ध र असुरक्षा थियो ।

गुटेर्रेसले द्वन्द्वले आम नागरिकमा पारेको प्रभावलाई कम गर्नुपर्नेमा जोडदिनुभयो ।

उहाँले भन्नुभयो, “केही युद्धरत पक्षहरूले बालबालिकाको सुरक्षा गर्न र मानवतावादीहरूलाई खाँचोमा परेका मानिसहरूसम्म पुग्न दिन कदम चालेका छन् । यो सकारात्मक कदम हो । तर अझै यो अपर्याप्त छ ।

खाद्य सुरक्षालाई सम्बोधन गर्दै जारी युद्धका बीच युक्रेनबाट खाद्यान्न निर्यात गर्न ‘ब्ल्याक सी इनिसियटिभ’ जस्ता उपायहरूको साथै रूसी खाद्य र मललाई विश्व बजारमा ल्याउने सम्बन्धी समझदारी पत्रबारे पनि उहाँले उल्लेख गर्नुभयो ।

गत नोभेम्बरमा, उहाँको पहलमा राज्यहरूले जनघनत्व भएका क्षेत्रहरूमा विस्फोटक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउने वा निषेध गर्ने राजनीतिक घोषणापत्र पारित गरेका थिए ।

“अझैपनि, डरलाग्दो सत्य के छ भने अन्तर्राष्ट्रिय मानवीय कानूनमा निहित प्रतिबद्धताहरू अनुसार विश्वले नागरिकको सुरक्षा गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भइरहेको छ,” गुटेरेसले जेनेभा कन्भेन्सनलाई सङ्केत गर्दै भन्नुभयो ।

“यसको सम्मान सुनिश्चित गर्न हामीलाई कार्य र जवाफदेहिता को आवश्यकता छ । त्यो राजनीतिक इच्छाशक्तिमा भर पर्छ ।”

महासचिव ले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व रोक्न, नागरिकको सुरक्षा गर्न, शान्ति कायम गर्न र युद्धको राजनीतिक समाधान खोज्न जारी प्रयासलाई थप तीव्रता दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “जहाँ युद्ध जारी छ, त्यहाँ सबै देशले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्नुपर्छ र यस परिषद्का सदस्यहरूको विशेष जिम्मेवारी छ ।

“यसबाहेक, हतियार निर्यात गर्ने देशहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना नगर्ने कुनै पनि पक्षसँग व्यापार गर्न इन्कार गर्नुपर्छ,” उहाँले भन्नुभयो । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार