वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

काँग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन्। सभापति शेरबहादुर देउवाले शुक्रबार विश्वकर्मालाई प्रचार विभाग प्रमुख मनोनित गरेका हुन्।

उनलाई यसअघि सभापति देउवाले प्रवक्ता बनाउन चाहेका थिए। तर, अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले प्रवक्ता छोड्न नमानेपछि प्रचार विभाग प्रमुखको जिम्मा दिइएको हो।

एक महिनाअघि नै विश्वकर्मालाई प्रवक्ता दिने गरि पत्र नै तयार भएको कांग्रेस स्रोतले जनाएको थियो।

यसअघि १३ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा पनि तत्कालीन केन्द्रीय सदस्य गगन थापालाई प्रवक्ता दिने गरि पत्र ड्राफ्ट भएको थियो। तर, संस्थापन पक्षीय नेताले नमानेपछि विश्वप्रकाशलाई प्रवक्ता बनाइएको थियो।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया