श्रावण ४, २०८२ आइतबार July 20, 2025

नथिङ फोन टु जुलाईमा सार्वजनिक हुँदै

अमेरिकासँगै अन्य देशमा पनि एकैपटक सार्वजनिक हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नथिङ फोनको दोस्रो संस्करणको स्मार्टफोन यही जुलाईमा सार्वजनिक हुने भएको छ । फोर्ब्ससँगको एक अन्तर्वार्तामा बोल्दै कम्पनीका संस्थापक कार्ल पेइले ‘नथिङ फोन टु’ को विषयमा दुई नयाँ कुरा सार्वजनिक गरेका हुन् ।

पहिलो, यो फोन जुलाईमा सार्वजनिक हुनेछ भने यो फोन अमेरिकासँगै अन्य देशमा पनि एकैपटक सार्वजनिक हुनेछ । यसका साथै उनले फोनको ब्याट्रीको विषयमा पनि केही जानकारी दिएका छन् ।

उनका अनुसार यो फोनमा ४,७०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । जबकी नथिङको पहिलो स्मार्टफोनमा ४,५०० एमएएचको ब्याट्री उपलब्ध थियो । फोनमा स्न्यापड्रागन एट प्लस जेन १ चिपसेट प्रयोग हुनेछ ।

फोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.५५ इन्चको डिस्प्ले हुने बताइएको छ । साथै फोनमा ५० मेगापिक्सेलमा मुख्य क्यामेरा पनि रहनेछ ।   पहिलो संस्करणको विषयमा बोल्दै कार्लले नथिङको पहिलो स्मार्टफोन ७ लाख ५० हजार ओटा बिक्री भएको पनि जानकारी दिएका थिए । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार