चैत्र १६, २०८० शुक्रबार March 29, 2024

स्रोतको दबाबबिच संयमित बजेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँःआगामी आर्थिक वर्ष २०८०/८१ को बजेट लेखनको चटारोमा रहेको अर्थ मन्त्रालय यस पटक खर्चको स्रोत व्यवस्थापनको दबाबमा छ । चालु आवमा लक्ष्यभन्दा कम राजस्व सङ्कलनका कारण अप्ठ्यारो परिस्थितिको सामना गरिरहेको मन्त्रालयले यस पटक संयमित रहेर बजेट ल्याउने तयारी गरिरहेको छ । त्यसका लागि अनावश्यक कार्यक्रम  र खर्च कटौती गर्ने मन्त्रालयको योजना छ ।

स्रोत व्यवस्थापन नै चुनौतीपूर्ण रहेको भन्दै साधारण र अनुत्पादक खर्चलाई कम गर्ने गरी बजेट निर्माण हुने अर्थमन्त्री डा प्रकाशशरण महतले बताउँदै आउनुभएको छ । त्यसै अनुसार नै यस पटकको बजेट निर्माणको तयारी भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिनुभयो । “खर्च कटौती गर्ने अर्थमन्त्रीको ‘स्पिरिट’ अनुसार नै बजेट निर्माणको काम भइरहेको छ,” उहाँले भन्नुभयो ।

त्यसो त सरकारलाई यस पटक खर्च बढाउने सुविधा पनि छैन । आयात घटेर भन्सार राजस्वसमेत प्रभावित बनेको र अर्थतन्त्रमा देखिएको सङ्कटका कारण निजी क्षेत्र नै अप्ठ्यारोमा परेकाले आन्तरिक राजस्व पनि खस्किँदा सरकारलाई नियमित खर्चकै प्रबन्ध चुनौतीपूर्ण बनेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ ११ गतेसम्म सरकारले गरेको कुल आम्दानी केवल चालु खर्चका लागि मात्र पर्याप्त छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया