वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

संसद बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सत्तारुढ गठबन्धनका सांसदहरुले समर्थन गरेपछि बहुमतले पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सांसदहरुले उठाएका प्रश्नको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।

त्यस क्रममा सत्तारुढ सांसदहरुले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिए भने एमालेसहित विपक्षी दलका सांसदहरुले राखेको संशोधन प्रस्ताप बहुमतले अस्वीकृत गरेको थियो । नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्दा सत्तारुढ गठबन्धनका सांसदहरुले समर्थन गरेपछि बहुमतले पारित भएको हो ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । त्यसपछि उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै छलफल भएको थियो । राष्ट्रियसभाबाट भने नीति तथा कार्यक्रम ९ जेठमै पारित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया