वैशाख १२, २०८१ बुधबार April 24, 2024

राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने बाटो खुल्दै

सरकार गरेको आग्रह गरेको पत्र आएपछि त्यसबारे कानुनविद्सँग परामर्श गरी अघि बढ्ने राष्ट्रपति कार्यालयको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलका निम्ति नागरिकता विधेयक प्रमाणीकरण गर्ने बाटो क्रमशः खुल्दै गएको छ ।

सरकारले विधेयक पारित गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णयसँगै राष्ट्रपति पौडेललाई विधेयक पारित गर्ने बाटो मिलेको हो । गत असोजदेखि अनिर्णयको अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने आधार र कानुनी अवस्थाको विषयमा राष्ट्रपति पौडेलले जिज्ञासा राख्दै आएको स्थितिमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक पारित गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको थियो ।

सरकार गरेको आग्रह गरेको पत्र आएपछि त्यसबारे कानुनविद्सँग परामर्श गरी अघि बढ्ने राष्ट्रपति कार्यालयको तयारी रहेको बुझिएको छ। राष्ट्रपति समक्ष औपचारिक रुपमा सरकारको पत्र आएपछि कानुनविद्सँग छलफल गरेर अघि बढ्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तासहित कानुनविद्सँग छलफल गरी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।

संसद्को दुवै सदनले दुईदुईपटक पारित गरी पठाइएको सो विधेयक संसद्मा फेरि फिर्ता हुन नसक्ने कानुनी स्थिति रहेकोमा सरकारले राष्ट्रपति समक्ष आग्रह गरेमा विधेयक प्रमाणीकरण गर्न सक्ने कानुनविद्ले सरकारलाई सुझाव दिँदै आएका थिए । नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया