चैत्र १५, २०८० बिहिबार March 28, 2024

नागरिकता विधेयक संसदमा छोटो प्रक्रियाबाट पारित गर्न योगेश भट्टराईको सुझाब

नागरिकता विधेयक आए एमाले सहयोग गर्न तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमति बनाएर संसदको छोटो प्रक्रियाबाट नागरिकता विधेयक पारित गर्नुपर्ने बताएका छन् । यसरी नागरिकता विधेयक आए एमाले सहयोग गर्न तयार रहेको उनले बताएका छन् ।

गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको नागरिहकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय एक साता अगाडि बसेको मन्त्रिपरिषद बैठकले गरेको थियो ।

अध्यादेश र विधेयकको उत्पत्ति, प्रमाणीकरण गर्ने प्रकृया तथा कार्यक्षेत्र अलग-अलग रहेको भन्दै उनले विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार संविधानको कुनै पनि धाराले मन्त्रिपरिषदलाई नदिएको बताएका छन् ।

सरकारले विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय संसदको अधिकारमाथिको हस्तक्षेप भन्दै उनले असंवैधानिक कामका लागि राष्ट्रपतिलाई नउक्साउन आग्रह गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीलाई राष्ट्रपतिको सल्लाहकारका रुपमा पनि बुझिन्छ । स्वयं प्रधानमन्त्रीले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साउनु आफैंमा गम्भिर विषय हो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार