वैशाख १३, २०८१ बिहिबार April 25, 2024

कोशी प्रदेश नाम खारेज गरी पुन: नामकरण गर्न उपेन्द्रको माग (विज्ञप्ती)

१ नम्बर प्रदेशको नाम कोशी राख्न नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १ नम्बर प्रदेशको नाम कोशी राख्न नहुने बताएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्‍बोधन हुने नाम राख्न उनले माग गरेका हुन् ।

‘प्रदेश सभाबाट प्रदेश नम्‍बर १ को नामकरण कोशी प्रदेश गरिएकोमा त्यसलाई अस्वीकार गर्दै उक्त नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुन: नामकरण गर्न माग गर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै प्रदेशमा भइरहेको प्रदर्शनमाथि सरकारको दमन पनि बन्द गर्न उनले आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया