वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

राप्रपा स्थापनाको ३४ औं दिवसको सन्दर्भमा, राप्रपाले आन्दोलनको ज्वारभाटा उठाउनु पर्छ : जनक राज पाठक

जनताको हित र अधिकार संरक्षणको लागि सरकार केन्द्रित हुनुपर्छ भन्ने चिन्तनबाट शासकहरु च्युत भए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नेपालमा राष्ट्रिय चरित्र भएको संस्था भनेकै राजसंस्था हो । मुलुक स्थापना र निर्माणमा यसको उल्लेख्य योगदान रहेको छ। हिमाल, पहाड तराई सबै भेगका जनतालाई आपसमा जोड्न सक्ने राजसंस्थालाई संवैधानिक रुपमा स्थापना गरेर राष्ट्रिय एकतालाई अझ बलियो वनाउनुपर्ने आवश्यकता देखिएको छ ।
नेपाली राष्ट्रियताको संरक्षणको लागि चलेको संघर्षमा एकिकरणको शक्ति र एकतालाई बल पुर्याउन अनि प्रजातन्त्रलाई थप मजवुद वनाउन संविधान भित्रको राजसंस्थाको पक्षमा राप्रपा रहेको छ । यो परिणाम प्राप्त गर्न ध्रविकृत राजनीतिमा राप्रपाले तत्काल निर्वाचन मार्फत सफलता प्राप्त गर्न सकेन अब यसको लागि संघर्ष र आन्दोलनको विकल्प छैन।
सबै धर्मलाई सम्मान गर्दै नेपालीको पहिचान हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्ने दरिलो अडान र दृष्टिकोणका साथ हिन्दु र वौद्द सभ्यताको साथै मौलिक पहिचान रहेको संस्कृति समेतलाई सुरक्षित राख्न मन, वचन र कर्मले यसलाई अपनाएर हिड्ने दल राप्रपा मात्र हो । धर्मभिरुको रुपमा प्रवेश गरेका पश्चिमाहरुको खतरनाक चाल लाई राप्रपाले वुझेको छ। तसर्थ हिन्दु, किरात, वौद्द, मुसलमान सबै एकमतका साथ नेपालको पहिचान हिन्दु राष्ट्र हुनुपर्छ भन्ने भनाइको नेतृत्व राप्रपाले गर्नुपर्छ।
मुलुकमा स्थापित शक्तिशाली दलहरु यसको विपक्षमा छन् । दलहरुको कारण जनतासमेत ध्रुविकृत वर्तमानको विश्लेषण गर्दै राप्रपाले आन्दोलनको ज्वारभाटा उठाउनु पर्छ । राप्रपाले यसलाई संसदमा पनि जोडतोडले उठाइरहेको छ। तर संसदवाट यसको समाधान प्राय असम्भव छ । तसर्थ मूल नीति प्राप्त गर्न राप्रपा आन्दोलित हुनु जरुरी छ ।
शोषण र भ्रष्टाचारलाई मूलधारमा रहेका दलहरुले एकमतका साथ स्वीकार गरेका छन् । खाने ठाउँ आएपछि काले काले मिलेर खाउ भाले भने झै हालैको मानव तस्करको घटना हेरौ राप्रपा वाहेक कुनै ठुला दल चोखा छैनन् । सत्ताधारीहरुको यस्ता गलत विषयलाई समेत मानेर जनताले हिड्नुपर्ने अवस्थाको श्रृजना गरिएको छ।
विश्व वैंक वा अन्यत्रबाट ऋण समेत उपलव्ध नभएको अवस्थामा राजा महेन्द्रको सफल र प्रभावकारी कुटनीतिमार्फत् अमेरिका, चीन, भारत, रुस, वेलायतजस्ता देशहरुवाट सहयोग लिएर बनेको मुलुकको मुख्य आधारशीलाको रुपमा रहेको बासवारी छालाजुत्ता कारखाना, जचुकाली, विरगंज चिनी कारखाना, लुम्बिनी चिनि कारखानालगायतका दर्जनौ कारखानाहरु व्यवस्था परिवर्तनको नाममा खलास गरिएको छ। यो परिवेशमा रहेको चंगुलबाट मुलुकलाई जोगाउन फरकधारमा रहेको राप्रपाबाहेक अरुले सक्दैनन।
जनता लाई जगाउदै व्यापक आन्दोलन मार्फत यो व्यवस्था फाल्न राप्रपा ले नेतृत्व गर्नु पर्छ। जनता परिवर्तनको पक्षमा छन् । यसको नेतृत्व राप्रपाले किन गर्न सकिरहेको छैन, आश्चर्य यहाँ छ।

संविधानमा अभिव्यक्त भावना अनुरुप जनताको हित र अधिकार संरक्षणको लागि सरकार केन्द्रित हुनुपर्छ भन्ने चिन्तनबाट शासकहरु च्युत भएका छन्

संविधानमा अभिव्यक्त भावना अनुरुप जनताको हित र अधिकार संरक्षणको लागि सरकार केन्द्रित हुनुपर्छ भन्ने चिन्तनबाट शासकहरु च्युत भएका छन्। कुरा अग्रगमन, व्यवहारमा लुट आजको यथार्थ हो। सत्तालाई अधिकारको दुरुपयोग गरि संस्थागत कुत असुल्ने अखडा बनाइदैछ । फलस्वरूप सत्तामा जान दलहरु जस्तोसुकै हतकन्डा गर्न तयार छन् । केवल सत्ताको लागि पैसा, पैसाको लागि भ्रष्टाचार । यहि गोलचक्कर भित्र आज मुलुक फसेको छ। यो सवै परिवेशबाट मुलुकलाई निकास दिने दल राप्रपा बाहेक छैन। तर राप्रपा किन सुस्त छ ? राप्रपा किन सधै कमजोर छ ?
यो चिन्तनको परिवेशमा देशभरिका कार्यकर्ताले राप्रपाको उन्नतीको बाधक पुरानो पुस्तालाई ठानेर नया नेतृत्व समेत स्थापित गरे। राप्रपाको लोकप्रियता दिनानुदिन बढदो छ । यसमा गोलवद्द हुनेको संख्या बढिरहेछ । अझ बढ्नेछ तर नयाँ नेतृत्व पनि सुस्त देखिन थालेको छ। आन्तरिक व्यवस्थापनमा चुस्तता छैन।आन्तरिक व्यवस्थापनमा चुस्तता ल्याउन सकिएन भने हाम्रो लोकप्रियता कमजोर नहोला भन्न सकिन्न।
राजा, धर्म, संस्कृति, कुल परम्परा मान्ने यत्रो वर्गको साथ हामीलाई छ । पञ्चायत व्यवस्थामा काम गरेका बहुदलीय व्यवस्थालाई समेत नेतृत्व दिएका क्षमता र दक्षवान, निष्कलंक नेताहरु एक भएर उभिएका छन् तर पनि किन राप्रपा उठन नसक्ने ? संसदमा १५,२० सिट हुने चार जना मन्त्री वन्ने राप्रपाको लक्ष हो र ?
आफूभन्दा फरक मत राख्नेलाई निषेधको राजनीतिले व्यवस्थामाथि नै आक्रोस बढ्दो छ । यो परिवेशमा राष्ट्रियताको जगलाई सुदृढ तुल्याउन, राष्ट्रको मौलिक पहिचानको पर्याय रहिआएको धम संस्कृतिको जगलाई मजवुद बनाउन, राष्ट्र निर्माणमा उल्लेख योगदान दिँदै आएको राजसंस्था पुनस्र्थापना गर्न अब राप्रपाले विलम्ब नगरी आन्दोलनको नेतृत्व गर्नुपर्छ ।
नेतृत्वको छाति कुखुरे हुनुहुँदैन । चौडा र विशाल छाति लिएर तेरो–मेरा नभनी मन खोलेर अगाडि बढ्नुपर्छ ।घर घुमेर कानभित्र छिर्ने,गणेशप्रति नेतृत्व चनाखो हुनुपर्छ।जसले नेतृत्व लाई देवत्वकरण गर्छ त्यसले विनास निम्ताउछ।यो विगतको उदाहरण हो यसलाई नेतृत्वले वुझ्नु पर्छ। नेतृत्वमा छलकपट, जालझेल रहनुहुन्न । यो इतिहासले दिएको अन्तिम अवसर पनि हो । यसको सदुपयोग गरी राप्रपालाई आन्दोलन मार्फत राष्ट्रिय राजनीतिमा नेतृत्वदायी दलको रुपमा स्थापित गराउन नसके भावी पुस्ताले माफी गर्ने छैन।नया पुस्ताले नेतृत्व नवीन राप्रपा भित्र सवैकोराजनीतिक भविष्य सुरक्षित हुनु पर्छ।
यसतर्फ वर्तमान नेतृत्वले ध्यान दिनुपर्छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, गौरवशाली इतिहास, राष्ट्रिय चरित्र, कला, संस्कृति, भाषा र भेष
संरक्षणको लागि शिक्षा, स्वास्थ, रोजगारी, यातायात, आवास, पिउने पानी, जिउधनको सुरक्षा, महंगी नियन्त्रण र भ्रष्टाचारको विरुद्ध अबको आन्दोलनको नेतृत्व राप्रपाले गर्नुपर्छ। यसको विकल्प देख्नै हुन्न । हेर्नै हुन्न । सुन्नै हुन्न ।
आन्दोलनको पृष्ठभूमिमा उभिएको राप्रपाले जतिजति आफ्ना आन्दोलित विचार अगाडि बढाउँछ । उतिउति जनसमर्थन पाउने निश्चित छ । यो कामको निमित्त कार्यकर्ताको मनोवल उचो हुनु जरुरी छ । अलोकप्रीय व्यक्तिहरुको समूह वा झुन्डलाई लिएर गन्तव्यमा पुग्न सकिदैन । यो नेतृत्वले ख्याल गर्नु पर्छ। यसरी अगाडि वढदा आउदो दिन राप्रपाको हो। यसमा संका छैन। पार्टी स्थापना दिवसको पुन सवैमा शुभकामना व्यक्त गर्छु । लेखक जनक राज पाठक राप्रपाका केन्द्रीय सदस्य हुनुहुन्छ । 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्याका सेना प्रमुखको हेलिकोप्टर दुर्घटनामा निधन
२०८१ वैशाख ७, शुक्रबार
चीनको अन्तरिक्ष कार्यक्रममा सैन्य गतिबिधि देखिन्छः नासा प्रमुख
२०८१ वैशाख ७, शुक्रबार
इण्डियन प्रिमियर लिग : मुम्बईले पञ्जावलाई ९ रनले हरायो
२०८१ वैशाख ७, शुक्रबार
कर्मचारी कार्यसम्पादनको ‘राजनीति’ : श्यामप्रसाद मैनाली
२०८१ वैशाख ७, शुक्रबार
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै
२०८१ वैशाख ७, शुक्रबार
डिसहोम फाइबरनेटको ‘क्याच द बिग अफर’ सुरु
२०८१ वैशाख ७, शुक्रबार
गोकुल बास्कोटाको टिप्पणी : सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !
२०८१ वैशाख ७, शुक्रबार