वैशाख ८, २०८१ शनिबार April 20, 2024

खुला राजनीतिमा रेशम चौधरी, आठ वर्षपछि जेलमुक्त

कैद माफी पाउनेमा कैलीलीको टीकापुर घटनासहित, मधेस आन्दोलनलगायतका आन्दोलनमा दोषी ठहर भएर जेलजीवन बिताउँदै आइरहेका व्यक्तिसमेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक नाबालकसहित आठ जनाको ज्यान गएको घटनामा मुख्य दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका हुन् । उनी सोमबार जेलजीवनबाट मुक्त भएका हुन् ।

जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी तीनै तहका अदालतबाट चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो । चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैदका लागि माफी दिएको हो ।

रिहाइ लगत्तै उनी गृह जिल्ला कैलाली पुगेका छन् । उनी कैलालीबाट सोमबार नै बर्दियासमेत पुगेका छन् । बर्दिया २ उनको बुवाको निर्वाचन क्षेत्र हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीसहित ५ सय १ जनाको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको थियो । चौधरी रिहाइ हुँदै गर्दा स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेत्री एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि सोमबार बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका हुन् । यस्तै, अन्य ४ सय ८२ जनाकोसमेत बाँकी कैद माफी भएको छ । भुक्तान हुन बाँकी कैद छुट पाउनेमा ७ जना ज्येष्ठ नागरिकसहित अन्य ४ सय ८२ जना छन् ।

राष्ट्रपति पौडेलले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम १९ जना व्यक्तिको कैद सजाय माफी गरेका हुन् ।

यसैगरी, नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन २०६३ को दफा १२ बमोजिम मन्त्रिपरिषद्बाट आएका ४ सय ८२ जनाको कैदसमेत माफी गरेको राष्ट्रपति कार्यालयद्वारा आइतबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।

नेपालको संविधान २०७२ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी हुने व्यवस्था छ । संविधानको धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने उल्लेख छ ।

कैद माफी पाउनेमा कैलीलीको टीकापुर घटनासहित, मधेस आन्दोलनलगायतका आन्दोलनमा दोषी ठहर भएर जेलजीवन बिताउँदै आइरहेका व्यक्तिसमेत छन् ।

चौधरीका विषयमा सर्वोच्च अदालतले गत २ जेठमा मात्र यसअघि जन्मकैद सजाय गर्ने उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो । सर्वोच्च अदालतको सो फैसलालगत्तै चौधरीले पुनरावलोकनमा जाने वक्तव्य दिएका थिए । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चैतसम्ममा ४ खर्ब ८० अर्ब वैदेशिक लगानी प्रतिबद्धता
२०८१ वैशाख ८, शनिबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार