चैत्र १६, २०८० शुक्रबार March 29, 2024

ठूला माछा जोगाउँदै सानालाई फसाउन प्रहरीले बुझायो प्रतिवेदन

तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक थापालाई पक्राउ गर्न नसक्नु भनेको नेपाल प्रहरीमाथि अक्षेमताको प्रश्नचिन्ह खडा हुनु हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अहिले नक्कली भुटानी शरणार्थी काण्डले मुलुक तातिएको छ । सो काण्डको छानविनमा लागेको नेपाल प्रहरीले पनि आफ्नो प्रतिवेदन गत सोमवार सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

त्यसले गर्दा प्रहरीले गर्नुपर्ने दैनिक कामहरु पनि ओझेलमा पर्दै गएको थियो । तर, यो काण्डले कत्तिको सार्थकता पाउने हो त्यो भने अहिलेसम्म एकिन छैन ।

खासगरी भन्नुपर्दा तत्कालीन सरकारले भुटानी शरणार्थीसम्बन्धी कार्यदल नै गठन गरेको थियो ।उक्त कार्यदलको अध्यक्ष तत्कालीन गृहमन्त्रीको हैसियतले रामबहादुर थापा आफै रहेको बताइन्छ ।

तर, अहिलेसम्म सरकारले न त तत्कालीन गृहमन्त्री थापालाई पक्राउ पुर्जी जारी गरेको छ न त तत्काली गृह सचिव प्रेमकुमार राईलाई कुनै खोजी निति नै गरेको छ ।

तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक थापालाई पक्राउ पुर्जी जारी गरिए तापनि हप्तौं बितिसक्कदा समेत प्रहरीले पक्राउ गर्न सकेको छैन ।

त्योसँगै तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राईलाई पक्राउ गरिएको छैन ।

तर, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका परिवारलाई अनुसन्धानको घेरामा राखिएको बताइन्छ । यो घटनाले ‘काग कराउँदै जान्छ, पिना सुक्दै जान्छ’ भन्ने उखान चरितार्थ हुन्छ ।

नक्कली भुटानी शरणार्थी काण्डका प्रायजसो नाइकेहरुलाई पक्राउ गरिसक्दा पनि तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक थापा र निरज राईलाई अहिलेसम्म पक्राउ गर्न नसक्नु प्रहरीभित्रको लज्जास्पद अवस्था देखिन्छ ।

प्रहरीले चाहेको खण्डमा विदेशमा लुकीछिपी बसेको भएपनि इन्टरपोलको सहायताबाट प्रक्राउ गरी नेपाल ल्याउन सकिन्छ । तर, त्यो काम न नेपाल प्रहरीले गर्न सकेको छ न त सरकारले त्यसप्रति गम्भीर ध्यान दिएको छ ।

त्योसँगै नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवा र बालकृष्ण खाँड पत्नी मञ्जु खाँडलाई अहिलेसम्म प्रहरीले सोधपुछ गर्न समेत आवश्यक ठानेको छैन ।

त्यसैगरी तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक थापालाई पक्राउ गर्न नसक्नु भनेको नेपाल प्रहरीमाथि अक्षेमताको प्रश्नचिन्ह खडा हुनु हो । तर, यसले ठूला माछा उम्काउने र साना माछालाई जेल हाल्ने तयारी हुनथालेको त होइन भन्ने आशंका सर्वसाधारणमा उब्जिन थालेको छ । –तामाकोशी सन्देशबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया