वैशाख ८, २०८१ शनिबार April 20, 2024

प्रा. पुरुषोत्तम दाहालको १२औँ कृति ‘कालपात्र’ सार्वजनिक

वरिष्ठ पत्रकार दाहालको १२औँ कृति ‘कालपात्र’ को गृहमन्त्रीले गरे बिमोचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा. पुरुषोत्तम दाहालले आफ्नो १२औँ कृति ‘कालपात्र’ बजारमा ल्याएका छन् । मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दाहालको पुस्तक कालपात्र उपन्यासको विमोचन गरेका हुन् ।

देशको विकृति राजनीतिले ‘कालपात्र’ जन्माएको लेखक दाहालको भनाइ छ । उपन्यासको कथावस्तु मसानघाटबाट सुरू भएर मसानघाटमै अन्य भएको बताए ।दाहालले सो उपन्यास गत वर्ष अमेरिका बसाइका क्रममा तयार पारेका हुन् ।

राजनीतिशास्त्रका प्राध्यापक दाहालले यसअघि मेरो पत्रकारिता, शान्ता उपन्यास, प्रक्षेपण, शीखरवृत्त, अन्धकारको यात्रीलगायत ११ वटा कृति बजारमा ल्याइसकेका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै पूर्वसांसद शोभाकर पराजुलीले कालपात्र उपन्यास मानवतावादको उत्कृष्ट उदाहरण भएको बताए । राजनीतिमा विद्यमान यौनको प्रभावलाई लेखकले कलात्मक ढंगले प्रयोग गरेको उनको भनाइ छ ।

प्रा.डा. ज्ञानु अधिकारीले वर्तमान राजनीति, पत्रकारिता र पूर्वीय दर्शनको त्रिकोणात्मक सम्बन्धले उपन्यास उत्कृष्ट बनेको बताए । उपन्यासमा समीक्षात्मक टिप्पणी गर्दै उनले उपन्यासका पात्रका नाम मौलिक रहेको र आरम्भ र अन्त्यमा दार्शनिक चिन्तन आएको बताए ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले उपन्यासमा आजको नेपालको यथार्थ चित्र भेट्न सकिने बताए ।  ‘कालपात्र’ पौरस्त्य दर्शनमा आधारित उपन्यास रहेको उनको भनाइ ।

इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिले प्रकाशन गरेको उक्त उपन्यास दुई सय पृष्ठको छ । एलाइन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालिको मुद्रणमा प्रकाशित उक्त उपन्यासको मूल्य ५२५ रुपैयाँ राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया