चैत्र १६, २०८० शुक्रबार March 29, 2024

प्रधानमन्त्री दाहालको चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँग गोप्य मन्त्राणा

चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : भारत भ्रमणमा जानु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ उच्चअधिकारीसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान बालुवाटारमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता जारी रहेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोली नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।

उनीहरु मंगलबार राती सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन्। भारत भ्रमण अगाडि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

पुस १० गते एमालेको नेतृत्वमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाल चैतको १४ देखि १७ सम्म चीनको बेइजिङबाट ‘बोआओ फोरम फर एसिया’का लागि निम्तो आएपछि जाने तयारी गरेपनि कांग्रेस-माओवादीको नयाँ गठबन्धन बनेपछि अन्तिममा चीन नजाने सन्देश पठाएका थिए।

सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिसभा बैठकमा चिनियाँ राजदूतकै कारण बोआओ फोरममा सहभागी नभएको बताएपछि लगत्तै चिनियाँ राजदूत छन् सोङले भेटेर सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। प्रचण्डको औपचारिक भेटघाट र कार्यक्रम बिहीबार बिहान सुरु हुने कार्यतालिका छ। बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीस्थित हैदराबाद हाउसमा भेटघाट हुने कार्यतालिका छ।

त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड भारतको मध्यप्रदेशको उज्जैन र इन्दोर जाने कार्यक्रम छ। त्यहाँ उनले फोहोर व्यवस्थापनसम्बन्धी प्रोजेक्ट हेर्नेछन्। त्यहाँबाट २० गते दिल्ली फर्केपछि उनी नेपाल फर्कनेछन्। – अन्नपुर्ण पोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया