वैशाख १३, २०८१ बिहिबार April 25, 2024

नागरिकता विधेयक प्रमाणीकरण प्रति कमल थापाको आपत्ती

विवादित विधेयक पारित गरेर राष्ट्रपति पौडेलले राष्ट्रप्रति बेइमानी गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुई-दुईपटक प्रमाणीकरण गर्न अस्वीकार गरेर त्यसै थन्काइदिएको विवादित नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गरेपछि व्यापक आलोचना सुरु भएको छ ।

संवैधानिक रुपमा मृत भइसकेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले गम्भिर भूल गरेको टिप्पणी हुन थालेको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विवादित विधेयक पारित गरेर राष्ट्रपति पौडेलले राष्ट्रप्रति बेइमानी गरेको आरोप लगाएका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण भएको समचार बहिरिएसँग पौडेलमाथि खनिन् सुरु गरेका थापाले लगाताररुपमा ट्विट गर्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

निवर्तमान राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अहिले पारित हुन् राष्ट्रपति संस्थाकै अपमान भएको थापाको दावि रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया