वैशाख १२, २०८१ बुधबार April 24, 2024

‘अखण्ड भारत’ को नक्साबारे सत्यतथ्य सार्वजनिक गर्न रास्वपाको माग (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतको नवनिर्मित संसद् भवनमा बनाइएको ‘अखण्ड भारत’ को नक्साबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

रास्वपाले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

‘भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ‚’ विज्ञप्तिमा लेखिएको छ । नेपालको सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकूल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौं‚’ विज्ञप्तिमा लेखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया