चैत्र १५, २०८० बिहिबार March 28, 2024

जसपाको अगुवाईमा राजनीतिक उपलब्धि हासिल भयो : उपेन्द्र यादव

जनताको हृदयको कुरा बुझेर राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिककता विधेयक प्रमाणीकरण गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको अगुवाइमा वर्तमान राजनीतिक उपलब्धि हासिल भएको दाबी गरेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले जनताको हृदयको कुरा बुझेर राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिककता विधेयक प्रमाणीकरण गरेको बताए ।

अध्यक्ष यादवले रेशमलाल चौधरीको रिहाइलगायत काम समयमा सम्पन्न हुनु राम्रो पक्ष भएको बताए ।  सङ्घीयता, समावेशी प्रतिनिधित्व, नागरिकता विधेयक राष्ट्रपतिद्वारा स्वीकृत र रेशम चौधरीको रिहाइ जस्ता उपलब्धि जसपा नेपालको विशेष पहलकदमीबाट सम्भव भएको उनको जिकिर थियो । पहिचान, प्रतिनिधित्व र अधिकार प्राप्तिको सङ्घर्ष जारी राख्नको लागि उत्पीडित समुदाय एकताबद्ध हुनुपर्ने उनले उल्लेख गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार