वैशाख ६, २०८१ बिहिबार April 18, 2024

चक्कु प्रहार गरी दुई जनाको हत्या गरेको अभियोगमा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कपिलवस्तुको बाणगंगा नगरपालिका-६ मटेरिया बस्ने ७० वर्षीय बम बहादुर थारु र उनकै भतिजी १८ वर्षीया अन्जनी थारुको हत्या गरेको अभियोगमा रुपन्देही कंचन गाउँपालिका-२ बगही बस्ने २२ वर्षीय मोहन थारुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको  छ ।

मोहनले उनीहरूकै घरमा गई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बम बहादुरको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा तथा अन्जनीको सोही अस्पताल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया