चैत्र १५, २०८० बिहिबार March 28, 2024

बागमती प्रदेशसभा बैठक बस्दै

नीति तथा कार्यक्रममाथि उठेको प्रश्न बारे सरकारका तर्फबाट मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशसभा बैठक आज  पनि बस्दैछ । आज बिहान १०ः३० बजेका लागि बैठक आह्वान गरिएको छ । उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत जेठ १७ गतेबाट सञ्चालन भएको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । उक्त बैठकहरूमा सत्तापक्ष र प्रतिपक्ष गरी ५५ जना प्रदेश सभाका सदस्यहरूले नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिएका थिए ।

शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्न बारे सरकारका तर्फबाट मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिनेछन् भने त्यस लगत्तै प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम पारितका लागि निर्णायार्थ पेस गर्नेछन् ।

प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले जेठ १४ गते संसद्बाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया