वैशाख १३, २०८१ बिहिबार April 25, 2024

‘अखण्ड भारत’ को नक्साको विरोधमा राप्रयुसंघले गर्यो भारतीय दुतावास अगाडि प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: भारतले नेपाली भू-भाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा राप्रपाको युवा संगठनले प्रदर्शन गरेको छ।

शुक्रबार संगठनले अखण्ड भारतको नक्सा विरोधमा भारतीय दुतावास अगाडि प्रदर्शन गरेको हो।

उनीहरुले हामीलाई हाम्रो देश प्राण भन्दा प्यारो छ,भारतीय विस्तारवाद मुर्दावाद,कालापानी लिपुलेक,लिम्पियाधुरा हाम्रो हो लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया