वैशाख १३, २०८१ बिहिबार April 25, 2024

लागुऔषधसहित ३ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः घोराही उपमहानगरपालिका-१५ अपसरा होटलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय राजन नेपालीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा होटलमा बसिरहेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया