वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

एमाले सचिवालयले थप्याे १३ जना केन्द्रीय सदस्य (सूचीसहित)

नेकपा एसबाट फर्किएका मुकुन्द न्याैपानेसहित १३ जनालाई केन्द्रिय सदस्यको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य थप गरेको छ। पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।बैठकले  नेकपा एसबाट फर्किएका मुकुन्द न्याैपानेसहित १३ जनालाई केन्द्रिय सदस्य बनाएकाे हाे ।

एमालेले थपेको केन्द्रीय सदस्यहरूमा काठमाडौंका मुकुन्द न्यौपाने र सुरेन्द्र मानन्धर, कालिकोटका प्रेमबहादुर सिंह, दाङका भागवत विश्वासी, कास्कीका चूडामणि जंगली, भोजपुरका हेमराज राई, सुर्खेतका ठम्मर विष्ट, धनुषाका उमाशंकर अरगरिया, रौतहटका अजय गुप्ता,  बाराका इकवाल मियाँ, गुल्मीका गणेश खनाल, रसुवाका प्रेम तामाङ, चितवनका यामबहादुर परियार रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया