असोज ६, २०८० शनिबार September 23, 2023

राजनीति नागरिकता विधेयक प्रमाणीकरण खारेज हुनुपर्छ: नेमकिपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न माग गरेको छ।

संसद्को सर्वोच्चता र संसदीय परम्परा विपरीत विधेयक प्रमाणीकरण भएको भन्दै नेमकिपाले खारेजीको माग गरेको हो। नेमकिपा सचिव प्रेम सुवालद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज हुनु जरुरी छ।”

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए।

यस्तै, नेपालको लुम्बिनी र कपिलवस्तु समेत गाभेर भारतले तयार गरेको नक्शा खारेज गराउन सरकारले पहल गर्नुपर्ने नेमकिपाको माग छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया