श्रावण ४, २०८२ आइतबार July 20, 2025

आज भत्किएको रुस नियन्त्रित युक्रेनी बाँध कस्ताे थियाे ? जानी राखौं

युक्रेनको सबैभन्दा ठुलो बाँध भत्किएपछि हजारौं मानिसहरु बिस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुस नियन्त्रित युक्रेनको सबैभन्दा ठुलो बाँध भत्किए पछि हजारौं मानिसहरु बिस्थापित हुन पुगेका छन् । युक्रेनको नोभा काखोव नदी माथीकाे बाँध भत्किए पछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ ।

सो बाँध भत्किनुमा रुस र युक्रेनले एक अर्कालाई दोष दिएका छन् । यद्धपी, ठुलो बिष्फोटका साथ बाँध भत्किए पछि युद्धले ग्रसित युक्रेनको समग्र अर्थतन्त्रमा थप ठुलो असर पर्ने जनाईएको छ ।

नोभा काखोवका बाँध युक्रेनको सबैभन्दा ठूलो बाँध मध्ये एक हो, यो हाल रूसको नियन्त्रणमा छ। यसको १९५६ मा निमार्ण पूरा भएको थियो। यो ३० मिटर अग्लो, ३.२ किलोमिटर लामो र १८ वर्ग किलोमिटरमा फैलिएको छ। यसमा लगभग १९ मिलियन घन लिटर पानी बोक्ने क्षमता राख्दछ । डिनिप्रो नदीमा बनेको यो बाँध जलविधुत, सिँचाइ र यातायातका लागि प्रयोग गरिदै आएको थियो भने महत्वपुर्ण कुरा यसले जेपोरेझिया आणविक ऊर्जा संयन्त्रलाई पनि पानी आपूर्ति गर्दै आएको थियो, जसले गर्दा आणविक संयन्त्रलाई चिसो राख्न निकै ठुलो मद्यत गरिरहेको अवस्था थियो ।

Kakhovka: A Strategic Dam In Russian-occupied Ukraine | Barron's

नोभा काखोभका जलविद्युत् आयोजना बन्द हुँदा अब करिब ३० लाख जनतालाई विद्युत् उपलब्ध नहुने भएको छ, जसकाकारण युक्रेनमा थप ऊर्जाको समस्या बढने देखिएको छ । यो बाँधले युक्रेनको खेरसन क्षेत्रका साथै क्रिमियालाई पानी आपूर्ति गर्दथ्यो, जसकाकारण सो क्षेत्रका किसानहरुलाई आफनो उब्जनीका लागि सबैभन्दा भरपर्दो माध्यमको रुपमा रहेको थियो ।

खेरसन क्षेत्र हालको युद्धमा रुसको कब्जामा पुगेको थियो भने क्रिमिया सन् २०१४ देखि कब्जामा रहदैँ आएको छ । सन् २०२२ मा पनि यस बाँधसँग जोडिएको पुलमा आक्रमण भएको थियो, जसका कारण त्यो पुल भाँचिएको थियो ।

रुसी पक्षबाट यसअघि नै युक्रेनले सो बाँधमा आक्रमण गर्ने र त्यसमा रुसलाई जिम्मेवारी दिएर बदनाम गर्ने प्रयास गर्ने आशंका जनाएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया