श्रावण ४, २०८२ आइतबार July 20, 2025

रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए

करिब ४५ यात्रुलाई सामान्य चोटपटक लागेको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिएको छ ।

अष्ट्रियाका सुरक्षा अधिकारीहरुका अनुसार एउटा सुरुङमा आगो लागेपछि उनीहरू सवार रहेको रेललाई बाहिर निकालिएको हो ।

यस घटनामा परेर करिब ४५ यात्रुलाई सामान्य चोटपटक लागेको छ भने धुवाँको मुस्लोका कारण उनीहरुको स्वास्थ्यमा प्रतिकुलता देखिएको छ ।

Hundreds of train passengers evacuated from Austrian tunnel after fire

ह्याम्बर्ग र एम्स्टर्डमका लागि जाँदै गरेको ट्रेन बुधबार साँझ अस्ट्रियाको आल्प्सको इन्सब्रक सहर नजिकैको सुरुङबाट अघि बढिरहेको थियो, त्यसैबेला यसको ओभरहेड तार टुटे पछि आगलागी सुरु भएको हो ।

200 train passengers evacuated from Austrian tunnel after fire

यात्रुहरू बोकेको उक्त ट्रेनले अटोमोबाइलका समानहहरू ओसारपसार गरिरहेको थियो र तीनै तारका केबलबाट आगलागी सुरु भएको थियो, रेलका स्थानिय प्रवक्ताले भने।

उक्त रेलमा आगलागी भएपछि १ घन्टा भन्दा बढी समय लगाएर आगो निभाईएको थियो, उक्त आगलागीमा परेर कोही पनि हताहत भने भएका छैनन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया