श्रावण ३, २०८२ शनिबार July 19, 2025

बाँकेमा २१ जना कोरोना मुक्त भएर केहि बेरमा घर फर्किदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना संक्रमितहरु निको भएर डिस्चार्ज हुने तयारीमा रहेका छन् । बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित २१ जना कोरोना भाइरसबाट मुक्त भएर केहि बेरमा घर फर्किन लागेका हुन् ।

दोस्रो पटक गरीएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि २० दिनको अस्पताल बसाई पूरा गरेर उनीहरु घर फर्किन लागेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनिहरुलाई शुक्रबार विहान ९ वजे अस्पतालबाट विदाई गरिने अस्पताल कोरोना संक्रमितहरुको उपचारमा संलग्न डाक्टर विनोद डङ्गेलले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया