श्रावण ४, २०८२ आइतबार July 20, 2025

बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनद्वारा सांसद पदबाट राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बेलायतका पूर्व प्रधानमन्त्री एवं टोरी पार्टीका प्रभावशाली सांसद बोरिस जोनसनले सांसद पदबाट राजिनामा दिनुभएको छ ।

सांसदको नेतृत्वमा रहेको विशेषाधिकार समितिको प्रतिवेदनले प्रधानमन्त्री भएका बेला डाउनिङ स्ट्रिटमा लकडाउनको नियम उल्लंघन गरेर पार्टी गरेको र संसदलाई गुमराहमा राखेकोमा दोषी ठहर गरेसँगै जोनसनले राजिनामा दिनुभएको हो ।

पार्टीगेट रिपोर्टको अग्रिम प्रतिलिपि प्राप्त गरेपछि बोरिस जोनसनले टोरी सांसदको रूपमा तुरुन्तै राजिनामा गर्ने बताउनु भएको हो । जोनसनले आक्रोशित हुने आफूलाई पार्टीबाटै निस्कासन गर्ने रणनीति लिएको आरोप लगाउनु भयो ।

विशेषाधिकार समितिले भने जोनसले हाउस अफ कमनस्सको अखण्डतालाई खण्डन गरेको जनाएको छ । साथै सदनको कार्यविधि र जनादेशका पालनाका विषयमा छिट्टै प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ । त्यसका लागि आगामी सोमबार बैठक बोलाइएको छ ।

जोनसनले प्राप्त गरेको अग्रिम प्रतिवेदनका आधारमा राजिनामा दिंदै अनुसन्धान पूर्वाग्रही भएको आरोप लगाउनु भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया