श्रावण ४, २०८२ आइतबार July 20, 2025

म्यानमारमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेमा हेलिकप्टरका पाइलट र प्रशिक्षार्थी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्यानमारको सेनाको हेलिकप्टर बिहीबार बिहान ने पाइ ताव केन्द्र शासित क्षेत्रको लुई टाउनसिपमा दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ ।

म्यानमारको राज्य प्रशासन परिषद्ले जनाएअनुसार तालिमका क्रममा मण्डले क्षेत्रको मिक्टिला जाँदै गरेको सेनाको हेलिकप्टर टाउनसिपको लेदारगी गाउँबाट करिब पाँच किलोमिटर दक्षिणपश्चिममा रहेको लेवे टाउनसिपमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो ।

मृत्यु हुनेमा  हेलिकप्टरका पाइलट र प्रशिक्षार्थी रहेको बुझिएको छ। रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया