काठमाण्डौंः श्रीलङ्काका अधिकारीहरूले बिहीबार ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीलङ्काको भन्सारले विगत दुई वर्षमा यस्ता थुप्रै तस्करी प्रयासहरूलाई विफल पारेर निषेधित वस्तुहरू जफत गरेको जनाएको छ ।
अर्थ राज्यमन्त्री रञ्जित सियाम्बालापिटियालाई उद्धृत गर्दै स्रोतले अवैध रुपमा पैठारी भएको चुरोटको मूल्य १५ अर्ब रुपैयाँ (४ करोड ८६ लाख अमेरिकी डलर) रहेको बताए ।
सियाम्बलापिटियाले श्रीलङ्काको भन्सारले नष्ट गरेको चुरोटको सबैभन्दा ठूलो परिमाण भएको बताउँनु भएको छ । सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया