श्रावण ४, २०८२ आइतबार July 20, 2025

टेक्सासमा भिषण आँधीमा पर्दा तीनको मृत्यु, ५० हजार बिधुत बिहिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकामा भीषण आँधीका कारण ३ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् ।

अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीका कारण तीन जनाको मृत्यु भएको हो ।

स्थानिय प्रहरीका अनुसार सो आँधीमा परेर दर्जनौं घाइते भएका छन् भने सयौंलाई सुरक्षित स्थानमा स्थानतरण गर्नु परेको थियो ।

सो आँधीका कारण सो क्षेत्रमा व्यापक क्षति भएको छ भने धेरै सम्पत्ति नष्ट भएको छ, कति भौतिक सम्पत्ति नष्ट भयो ? त्यो छानबिन भईरहेको स्थानिय अधिकारीले जानकारी दिएका छन् ।

प्राइटन फायर चीफ पॉल डचरले अहिलेसम्म ३० वटा ट्रेलरमा क्षति पुगेको बताए । धेरै ठाउँमा रुखहरु ढलेका छन् । ओक्लाहोमा र टेक्सासमा करिब ५० हजार मानिसहरु विद्युतविहीन छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया