श्रावण ४, २०८२ आइतबार July 20, 2025

उत्तर कोरिया सिमा नजिक अमेरिकन पनडुब्बी तैनाथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाले उत्तर कोरिया सिमा नजिकै पनडुब्बी उतारेको छ ।

उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरे पछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो ।

अन्तराष्ट्रिय  समाचार संस्थाहरुका अनुसार अमेरिकाले गत शुक्रबार देखी दक्षिण कोरियामा करिब १५० टोमाहक मिसाइल बोक्न सक्ने आणविक शक्तियुक्त पनडुब्बी तैनाथ गरेको छ ।

त्यसको एक दिन अघि, उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको युद्ध अभ्यासको विरोधमा फेरि क्षेप्यास्त्र परीक्षण सुरु गरेको थियो ।

दक्षिण कोरियाली अधिकारीका अनुसार अब दुवै देशका नौसेनाले परिचालन क्षमता अभिवृद्धि गर्न अभ्यास गर्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया